सिन्धु विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार सिन्धु विकास बैंकका सम्पूर्ण ग्राहकले शिखर इन्स्योरेन्सका बिमालेखहरू लिन, बिमाशुल्क भुक्तानी गर्न तथा बिमा दाबी भुक्तानीलगायत सम्पूर्ण सुविधा सरल तथा सुलभ तरिकाले सिन्धु विकास बैंकका सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सक्ने जनाइएको छ ।
The post सिन्धु विकास बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2PI11yE

No comments:
Post a Comment