भक्तपुरमा टिपर, बस र मिनीट्रक ठोक्कियो, तीनको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

भक्तपुरमा टिपर, बस र मिनीट्रक ठोक्कियो, तीनको मृत्यु

भक्तपुर, २ मङ्सिर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा२ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय सहचालक टार्जन श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

काठमाडाँैबाट भक्तपुर जाँदै गरेको बा२क ३९३५ नंको टिपर र सो भन्दा पछाडि बा२ख १६५४ नंको मिनीट्रक रोकिराखेको स्थानमा सोही दिशाबाट आउँदै गरेको बा५ख ३७६५ नंको काभ्रे काठमाडौँ नगरबसले पछाडिबाट ठक्कर दिँदा मिनीट्रक उछिट्टिएर टिपर पछाडि ठोक्किदा च्यापिएर घाइते भएका मिनीट्रक चालक र सहचालकको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका तीन वटै सवारीसाधन र बसका चालक काभ्रे पनौतीका सुरेश सापकोटालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुशन्धान अघि बढाएको छ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका–३ नमूनाबस्तीमा आज बिहान भएको दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ । बा४ख ४२१४ को पानी ट्याङ्करले ठक्कर दिँदा तेह्रथुम घर भई गठ्ठाघर बस्ने ७८ वर्षीय नेत्रप्रसाद पराजुलीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । ठक्करबाट घाइते पराजुलीको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको र ठक्कर दिने ट्याङ्कर चालक भने फरार रहेको उहाँले बताउनुभयो ।



from Rajdhani Daily https://ift.tt/2Abwrnt

No comments:

Post a Comment

Post Bottom Ad

Pages