अतिकम विकसित राष्ट्रलाई विदेशी लगानी भित्र्याउन सुझाव - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

अतिकम विकसित राष्ट्रलाई विदेशी लगानी भित्र्याउन सुझाव

नेपालसहित अतिकम विकसित राष्ट्रहरुले विदेशी लगानी नभित्र्याई आर्थिक प्रगति गर्न नसक्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

संयुक्त राष्ट्र संघ अन्तर्गतको व्यापार तथा विकाससम्बन्धि नियोगले विदेशी लगानी नभित्र्याई अतिकम विकसित राष्ट्रहरुले आर्थिक प्रगति गर्न नसक्ने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा विदेशी कम्पनीहरुलाई आकर्षित गरेर मात्रै अतिकम विकसित राष्ट्रहरुले अन्तराष्ट्रिय उत्पादन संजालमा जोडिने अवसर पाउने कुरा उल्लेख गरिएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।

प्रतिवेदनमा अतिकम विकसित राष्ट्रहरुमा लगानीको अभावमा उद्यमशीलताको विकास हुन नसकेको पनि औंल्याइएको छ । नेपालले पनि पूँजीको अभावमा उद्यमशीलता विकासमा प्रगति गर्न नसकेको उल्लेख गरिएको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष वाग्लेले पर्याप्त वित्तिय स्रोत जुटाउन नसक्दा नेपालले पनि आर्थिक प्रगति गर्न नसकेको प्रतिवेदनमा उल्लेख भएको बताए ।

काठमाडौंमा हालै सार्वजनिक गरिएको सो प्रतिवेदनमा विश्वका ४७ वटा अतिकम विकसित देशमध्ये नेपालको ऋण प्रवाहको अवस्था भने तुलनात्मक रुपमा बढि नै रहेको तथ्यांकमा उल्लेख छ ।

The post अतिकम विकसित राष्ट्रलाई विदेशी लगानी भित्र्याउन सुझाव appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Tw3sTW

No comments:

Post a Comment

Post Bottom Ad

Pages