पशु धनको बीमामा किसानहरुलाई थप सहुलियत दिर्नुपर्ने सरोकारवालाहरुले औल्याएका छन् ।
ललितपुरमा बुधबार भएको पशुधन बीमा र जलवायु परिर्वतन सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरुले पशु बीमा सम्बन्धी व्यवस्थालाई केही परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । कार्यक्रममा पशुधनको बीमा गरेका किसानले भवितव्य तथा प्राकृतिक प्रकोपमा परि मरेका पशुको बीमा दाबी गर्न कानूनी झन्झट रहेकाले यसलाई परिर्वतन गर्न माग गरे ।
विश्व बैकको नेपाल कार्यालयमा रहेकी कृषि विज्ञ करिष्मा बस्तीले जलवायु परिवर्तन सँगै आउने जोखिम बढेकाले पशुधनको सुरक्षा र विद्यमान बीमा नियमलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको बताए । विद्यमान बीमा नीतिले सबैलाई समेट्न नसकेकाले पनि किसानलाई सुविधा दिँदै नियम परिर्वतन गर्नुपर्नेमा उनले जोड दिइन् ।
नेपाल सरकार, विश्वबैक र बीमा समितिले किसानले पशुधन बीमा कार्यक्रम लागु भएका जिल्लाहरुमा बीमाको प्रभावकारीता बारे अध्ययन गरिरहेका छन् । प्रारम्भिक अध्ययनमा नै बीमा नियममा परिर्वतन गर्न आवश्यक रहेको तथ्य बाहिरीएको छ ।
The post पशु बीमा सम्बन्धी व्यवस्था परिर्वतन गर्नुपर्ने आवश्यकता appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2AarMlt

No comments:
Post a Comment