दोलखाको गौरीशंकर गाउँपालिकास्थित चंखुमा निर्माणाधिन घट्टेखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । मनकामना इन्जिनियरिङ कम्पनिले निर्माण गरिरहेको ५ मेगावाट क्षमताको आयोजनाले आगामी पुस मसान्तभित्रै विद्युत उत्पादन गर्ने तयारी गरेको हो ।
डेढ वर्ष अघि निर्माण सुरु गरिएको आयोजनाको ८५ प्रतिशत काम सकिएको घट्टे खोला जलविद्युत आयोजनाका साइड इन्चार्ज बालकृष्ण पंगेनीले जानकारी दिए । चंखुको ठाडो खोला र रोप्ताङ खोलाभन्दा १ सय मिटर तल आयोजनाको बाँध निर्माण गरिएको छ । इन्चार्ज पंगेनीका अनुसार हालसम्म हेडवक्सको झण्डै ९० प्रतिशत काम सकिएको छ भने विद्युत् गृहको काम पनि ९५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको सिभिलतर्फ साकुरा पावर कम्पनि र हाइड्रोमेकानिकलतर्फ नर्थ हाइड्रो एण्ड इन्जिनियरिङ कम्पनिले काम गरिरहेका छन् ।
अहिले आयोजनाको विद्युत् गृहमा इन्डियन उपकरणहरु जडान भैरहेको इन्चार्ज पंगेनीले बताए । पंगेनीका अनुसार आयोजनामा २ किलोमिटर हेडरेस पाइप जडान गर्नुपर्नेमा झण्डै १७ सय मिटर जडान गरिसकिएको र ३ सय मिटर पाइप जडान गर्ने काम तिब्रतका साथ अगाडि बढिरहेको छ । यो आयोजना पिकिङ रन अफ दि रिभर अन्तर्गतकै आयोजना हो । आयोजनामा ८ सय मिटर पेनस्टक पाइप जडानको काम पूरा भैसकेको छ ।
८७ करोड लागत
८७ करोडको लागतमा निर्माण भैरहेको घट्टे खोलामा बैंक अफ काठमाडौंको नेतृत्वमा प्रभु बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गरेको आयोजनाका प्रबन्ध निर्देशक टेप्रसाद चौलागांइले जानकारी दिए । उनका अनुसार कुनै प्राकृतिक विपत्ति नआए तोकिएकै समयअवधिमा विद्युत् उत्पादन हुनेछ ।
The post पुस मसान्तभित्रै विद्युत उत्पादन गर्ने तयारीमा घट्टखोला जलविद्युत आयोजना appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2PJ4pJy
No comments:
Post a Comment