पर्साका नेताको आग्रह : निजगढ विमानस्थलमाथि षड्यन्त्र नगरौं - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 5, 2018

पर्साका नेताको आग्रह : निजगढ विमानस्थलमाथि षड्यन्त्र नगरौं

१९ कात्तिक, वीरगञ्ज । पर्साका नेताहरुले बाराको निजगढमा कुनै पनि हालतमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताएका छन् ।

उनीहरुले अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन केही राजनीतिक दल र वातावरणविदहरु लागि परेको भन्दै विकासको वाधक नबन्न आग्रह गरेका छन् । राष्ट्रिय गौरवको अयाोजनालाई असफल बनाउने षडयन्त्र भइरहेको पनि उनीहरुको जिकिर छ ।

दिपावली, छठ र नेपाल संवतको अवसरमा प्रेस संगठन नेपाल पर्साले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै वक्ताहरुले कुनै पनि बाहनामा निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल रोक्न नहुने बताए ।

नेकपाका पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीले विमानस्थलको बारेमा नकारात्मक छलफल बढी चलाउन खोजिएको भन्दै उनले त्यो सही नभएको तर्क गरे ।

‘कसैकसैले निजगढमा कुनै पनि हालतमा बन्न दिन्नौं भनेर अठोट गर्नुपर्छ भनेका छन् कतिपयले जसरी पनि बनाउँछौं भनेका छन् । हामी समृद्धिका लागि विकास भनिरहेका छौं । यसले सकारात्मक सन्देश गइरहेको छैन’ उनले भने । कतिपय वातावरणविदले धेरै रुख काट्नुपर्ने भन्दै विरोध जनाइरहेको भन्दै उनीहरुले सकेसम्म कमै रुख काट्नुपर्ने बताए ।

सांसद शेखचाँद ताराले प्रदेश २ को पर्यटकीय विकासका लागि पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्नेमा जोड दिइन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य समेत रहेकी सांसद चाँदताराले समितिले समेत निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट बन्नुपर्छ भनेर सिफारिस गर्ने बताइन् ।

‘जति पनि नेपालमा अन्तर्राष्ट्रिय विमानस्थालको चर्चा भएको छ । त्यो निजगढ भन्दा नजिक छैन । कोरियन कम्पनीले गरेको अध्ययनमा सबै दृष्टिकोणले निजगढ एकदमै उपयुक्त भनेर आएको छ’ उनले भनिन् ‘त्यसैले यसमा विरोध गर्नु आवश्यक छैन । राष्ट्रिय गौरवको अयोजनामा विरोध गर्नु हुन्न ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले वीरगञ्जलाई भुलेर मुलुक समृद्ध नहुने भन्दै सिमरामै अन्तर्राष्ट्रिय विमानस्थल चाहिने बताए ।

‘राजधानीको सबैभन्दा नजिक रहेको ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्ने हो । काठमाडौंको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४/४ घण्टा ट्राफिक जाम हुन्छ । कलकत्तामा लगेर रोकेर राखिन्छ, पोखरा, बुटवलमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा हुन्छ, बरु तर वीरगञ्ज, सिमरा क्षेत्रमा अन्र्तराष्ट्रिय विमान स्थल बनाउन खोजिदैन’ उनले भने ‘वीरगञ्जलाई भूलेर सुखी नेपाली र समृद्ध नेपाल हुन सक्दैन ।’

सिमरा एयरपोर्टलाई स्तरोन्नती गरेर पटनासम्मको उडान भर्ने वातावरण बनाउनुपर्ने उनले बताए ।



from Online Khabar https://ift.tt/2EZ0swa

No comments:

Post a Comment

Post Bottom Ad

Pages