१९ कात्तिक, गुल्मी । सम्झौतामा तोकिएभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायी सम्मानित भएको छ ।
निर्माण व्यवसायी संघ गुल्मीका महासचिवसमेत रहेका हरिकुमर श्रेष्ठलाई गुल्मीको मालिका गाउँपालिका ८ मरभुङ्ग सिमलटारीको स्वास्थ्यचौकीको भवन तोकिएको समय भन्दा अगाबै सम्पन्न गरेको भन्दै भवन निर्माण समितिले सम्मान गरेको हो ।
श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सम्मानपत्र हस्तान्तरण गरे । भवनको श्रेष्ठ कन्स्ट्रक्सन तम्घास गुल्मीले निर्माण गरेको हो । मरभुङ्ग स्वास्थ्यचौकी २ करोड ४२ लाख लागतका ०७२ सालमा सम्झौता भएको थियो ।
बिभिन्न निर्माण कार्यको जिम्मा लिएर समयमै काम सम्पन्न नगर्ने परिपाटिको अत्य गर्नको लागि सम्मानको परिपाटी सुरुआत गरिएको हो ।
निर्माणको जिम्मा लिने तर बिभिन्न बहाना बनाएर तोकिएको समयमा काम सम्पन्न नगर्दा गुल्मीमा दर्जनौ योजनाहरु अलपत्र छन् ।
कार्यक्रममा मन्त्री बिष्टले खुकुलो व्यावस्थाका कारण ठेकदारले सरकारबाट पेश्की लिएर पनि काम नगर्ने गरेको बताए । मन्त्री बिष्टले देशमा धेरै योजना ठेकदारको लापरबाहीले अलपत्र भएको बताए ।
from Online Khabar https://ift.tt/2AKXgAe
No comments:
Post a Comment