कर दिवसमा प्रभातफेरी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

कर दिवसमा प्रभातफेरी

 

राजविराज ।  सातौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७५ को दोस्रो दिन आइतबार प्रभातफेरी तथा अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय लहानको आयोजनामा सप्तरी सदरमुकाम राजविराजमा प्रभातफेरी तथा व्यवसायीसँग अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरिएको हो । आन्तरिक राजस्व कार्यालयको कर सेवा केन्द्रबाट निस्केको ¥याली नगरका विभिन्न भागको परिक्रमा गरी उद्योग वाणिज्य संघको सभा कक्षमा अन्तत्र्रिmयामा परिणत भएको थियो ।

प्रभातफेरीमा सहभागीले ‘न लुकाऔं आय, तिरांै कर, देश विकासको दिगो भर’ ‘इमानदार भई तिरांै कर संघीयता सफलताको पूर्वाधार, सगर्व भनांै करदाता हांै,’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रभातफेरीमा आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवट, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, उघोग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान, वरिष्ठ उपाध्यक्ष शंकर दास, निर्माण व्यवसायी सघंका अध्यक्ष एनेश्वर दास, निमिक्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरलगायत उघोगी, व्यवसायी सहभागी थिए ।

कार्यक्रममा राजस्व कार्यालय लहानका प्रमुख राजलवटले राजविराजमा राजस्व कार्यालयको सेवा केन्द्र सञ्चालनमा आएको छोटो समयमै १५ हजार ९४२ करदाता सामेल भएको जानकारी दिँदै छुटेकाले यथाशीघ्र करको दायरामा आई राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले करदातालाई सचेतना र कर तिर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्नुपर्ने कामबारे सविस्तार सुझाव दिँदै करबाट प्राप्त राजस्वको सदुपयोग हुनुपर्नेमा जोड दिइन् ।

उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले कर तिर्नु नागरिकको दायित्व भएको बताउँदै नागरिकले आफ्नो कर्तव्य पूरा गरेर सरकारलाई सहयोग गर्नुपर्ने बताए ।
यद्यपि करको दायरा बढाउनुको सट्टा पुरानै करदातालाई कर वृद्धि गरी पेल्नु अन्याय भएको उनको गुनासो थियो ।



from Rajdhani Daily https://ift.tt/2DwLFqo

No comments:

Post a Comment

Post Bottom Ad

Pages