काठमाडौं । गायिका बुनु उप्रेती शर्माले आफ्नो नयाँ गीत ‘दामीदामीदामी…’ को भिडियो रिलिज गरेकी छन् । उनले युट्युबबाट यो गीत रिलिज गरेकी हुन् ।
आधा दशकदेखि गायनमा सक्रिय बुनुले करिब तीन दर्जन आधुनिक, लोकदोहारी, राष्ट्रिय भावको तथा पप गीत गाइसकेकी छन् । यसैक्रममा उनले नृत्यप्रधान रोमाञ्चकारी शैलीको यो नयाँ गीतको भिडियो रिलिज
गरेकी हुन् ।
गालामा डन्डीफोर आएकी युवतीलाई वैंश चढ्यो भन्दै उनलाई हेर्ने पुरुषहरूको शैलीमाथि यो गीत केन्द्रित रहेको बुनुले बताइन् । गीतमा ¥यापर गायकका रूपमा बाबुल गिरी छिन् ।
गीतको रचना दिनेश सुवेदीले गरेका हुन् । यसको संगीतकार पनि गिरी नै हुन् । यो गीतको भिडियोमा पनि बुनुले गायिकाका रूपमा र बाबुलले ¥यापरका रूपमा मोडलिङ गरेका छन् ।
विलक्षण क्रिएसनले निर्माण गरेको उनको गीतको भिडियोको छायांकन राजु केसीले गरेका हुन् । जसमा प्रदीप कँडेलको सम्पादन रहेको छ ।
from Rajdhani Daily https://ift.tt/2QbvtBk
No comments:
Post a Comment