सेञ्चुरी कमर्सियल बैंकले चालू आवको असोज मसान्तमा २७ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ९८ प्रतिशतले बढी हो ।
बैंकले असोज मसान्तसम्ममा ६२ अरब ३७ करोड रुपैयाँ निक्षेप संकलन तथा ५८ अरब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । गत वर्षको तुलनामा बैंकले निक्षेपमा ३८ प्रतिशत तथा कर्जामा ४२ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ एक्सटेन्सन काउन्टर तथा उपत्यकाबाहिर ९५ शाखा र २ एक्सटेन्सन काउन्टरका साथै १० शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।
The post सेञ्चुरी बैंकको नाफा दोब्बर appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2Qar0Pm
No comments:
Post a Comment