सहयोगी विकास बैंकले महिन्द्राको टेम्पोमा लगानी गर्ने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

सहयोगी विकास बैंकले महिन्द्राको टेम्पोमा लगानी गर्ने

सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्रान्डको तीन चक्के टेम्पोमा लगानी गर्ने भएको छ । लगानीका लागि बैंकले जनकपुरमा रहेको अशोक ट्रेडर्स र माहागणपति अटो सेल्स प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल, अशोक ट्रेडर्सका तर्फबाट प्रोपाइटर आशिष शाह र माहागणपति अटो सेल्स प्रालिका प्रोपाइटर दीपेन्द्रकुमार दासले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार अशोक ट्रेडर्स र माहागणपति अटो सेल्स प्रालिले बिक्री गर्ने तीनचक्के टेम्पोलाई उक्त ट्रेडर्सले सिफारिस गरेअनुसार बैंकले रीत पुर्‍याई कर्जा लगानी गर्ने जनाईएको छ । बैंकले उक्त तीनचक्के टेम्पोको मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ ।

तर, कर्जाका लागि ग्राहकहरूले घरजग्गासमेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने उक्त सम्झौतामा उल्लेख छ । कर्जा अवधि तीन वर्षको हुने जनाइएको छ ।

The post सहयोगी विकास बैंकले महिन्द्राको टेम्पोमा लगानी गर्ने appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2DvwNbx

No comments:

Post a Comment

Post Bottom Ad

Pages