संघीय सरकारले कर्मचारी नपठाउँदा बजेट कार्यान्वयन गर्न अप्ठ्यारो भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । प्रदेशलाई प्राप्त अधिकारविपरीत कर्मचारी भर्ना गर्न पनि नसकिएको उनको भनाइ थियो । ‘अहिलेसम्म दरबन्दीअनुसार कर्मचारी छैनन् । बजेट कार्यान्वयन गर्न अप्ठ्यारो भएको छ,’ मुख्यमन्त्री भट्टले भने । प्रदेशलाई प्राप्त अधिकारअनुसार काम गरिरहेको भए पनि केन्द्रको बेवास्ताले समस्या भइरहेको उनको भनाइ थियो । ‘अहिले केन्द्र सरकारलाई ओभरटेक गरेर जान पनि सकिँदैन, तर अब ढिलो हुनुहुँदैन,’ मुख्यमन्त्री भट्टले भने ।
प्रदेश सरकार गठन भएको वर्ष दिन पुग्न लाग्दा पनि कर्मचारी पुगेका छैनन् । प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरू, प्रदेश सभा सचिवालयलगायत ११ निकायमा चार सय ६४ कर्मचारीको दरबन्दी छ । तर, अहिलेसम्म एक सय ९९ कर्मचारी मात्रै कार्यरत रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालयलगायतका ११ निकायमा चार सय ६४ कर्मचारीको दरबन्दी छ । तर, अहिलेसम्म एक सय ९९ कर्मचारी मात्रै कार्यरत रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
योजना तर्जुमासम्बन्धी राष्ट्रिय योजना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशका योजना कार्यान्वयनमा ढिलो भइसकेको बताए । जनताले तीव्र विकास चाहेकाले त्यसअनुसार प्रदेश सरकार चल्नुपर्ने उनको भनाइ थियो । संघीयता कार्यान्वयनको चरणमा रहेकाले पनि विकासले गति लिन नसकेको बताउँदै उनले भने, ‘योजनाहरू तीव्र गतिमा कार्यान्वयनमा जान सकिने अवस्था छैन । संघीयता कार्यान्वयनमा समय लाग्छ, यसलाई अन्यथा पनि लिनुहुँदैन ।’
करारमा कर्मचारी भर्ना गर्न तयार
अब पनि संघीय सरकारले कर्मचारी पठाउन ढिलाइ गरे करारमा कर्मचारी भर्ना गरेर काम गर्न प्रदेश सरकार तयार रहेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए । संघीय सरकारले पठाउने कर्मचारीको बाटो हेरेर बस्न नसक्ने मन्त्री बोहराको भनाइ थियो ।
‘योजनाहरू कार्यान्वयनमा निकै ढिलो भइसकेको छ । अब पनि ढिलो भए करारमा कर्मचारी भर्ना गरेर बजेट कार्यान्वयन गर्नेतर्फ लाग्नेछौँ,’ उनले भने । कर्मचारी अभावकै कारण चालू आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि प्रदेशको विकास बजेट खर्च नगन्य रहेको उनको भनाइ थियो ।
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीले चालू आर्थिक वर्षको बजेट आधा खर्च गर्न पनि चुनौती रहेको बताए । प्रदेशमा स्वीकृत दरबन्दीमध्ये आधा कर्मचारी पनि पूर्ति हुन नसकेकाले अप्ठ्यारो भएको उनको भनाइ थियो । ‘यो प्रदेशमा खटाएका राष्ट्रसेवक कर्मचारी आधा पनि छैनन् । यो वर्षको आधा बजेट पनि खर्च गर्न सक्दैनौँ कि भन्ने डर छ,’ प्रमुख सचिव बिडारीले भने, ‘योजनाको डिजाइन, स्टिमेट गर्ने प्राविधिक र अनुगमनका लागि फिल्डमा खटिने कर्मचारी छैनन् ।’
प्रदेशको समन्वयमा दीर्घकालीन योजना
राष्ट्रिय योजना आयोगले प्रदेशको समन्वयमा दीर्घकालीन योजना बनाउन लागेको जनाएको छ । आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले भने, ‘प्रदेशसँगको समन्वयमा आयोगले विकासको दीर्घकालीन सोच बनाउन लागेको छ ।’उनले आयोग पञ्चवर्षीय योजना निर्माणमा जुटेको बताए । विकासका योजनाहरूलाई परिणाममुखी बनाउने गरी आयोगले योजना निर्माण गरिरहेको उनको भनाइ थियो ।
The post मुख्यमन्त्री भट्ट भन्छन्– केन्द्रले कर्मचारी नपठाउँदा बजेट कार्यान्वयनमा समस्या appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2Q45M5Y
No comments:
Post a Comment