हस्तकला व्यापार मेला सकियो, आठ करोड ७५ लाखको कारोबार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

हस्तकला व्यापार मेला सकियो, आठ करोड ७५ लाखको कारोबार

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा सञ्चालित १६औं हस्तकला व्यापार मेला तथा १४औं हस्तकला प्रतियोगिता आइतबारबाट सकिएको छ ।

मेला अवधिमा स्टलमा भएको प्रत्यक्ष बिक्री र बुकिङ अर्डरसमेत गरी करिब ८ करोड ७५ लाख रुपैयाँको आर्थिक कारोबार भएको नेपाल हस्तकला महासंघले जनाएको छ । सो अवधिमा करिब १ लाख ३५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भएका थिए । सो मेलामा सातवटा पेभिलियनसहित कुल १७२ वटा स्टल रहेका थिए । स्वतन्त्र छनोट समितिबाट स्टलको लेआउट, प्रदर्शकको व्यवहार, सिर्जनशीलता (सीप र कलाकारिता) कच्चा पद्धार्थको उपलब्धता, व्यापार सम्भाव्यता आदिको आधार लिई सबैभन्दा बढी अंक प्राप्त गर्ने पेभिलियन एकलाई उत्कृष्ट पेभिलियन र एक स्टललाई उत्कृष्ट स्टलका रूपमा पुरस्कृत गरिएको छ ।

मेलामा स्वतन्त्र निर्णायक मण्डलबाट छनोट भएका उत्कृष्ट प्याभिलियन, उत्कृष्ट स्टल, उत्कृष्ट वस्तु र १४औं हस्तकला प्रतियोगितामा परम्परागत विधामा मैनको मूर्ति र समसामयिक विधा (ढाका बुनाइ)मा उत्कृष्ट कलाकारका रूपमा पुरस्कृत गरिएको थियो । मेलामा सहभागी भई उत्कृष्ट प्याभिलियनमा सवा नेपाल १ लाख नगद पुरस्कारसहित, उत्कृष्ट स्टलमा एनपी क्यासमियर हाउस एन्ड ह्यान्डीक्राफट २५ हजार नगद पुरस्कार पाएको छ ।

सो ह्यान्डीक्राफटकी सञ्चालिका नानी हेरा शाहीले पाएकी छन् । उत्कृष्ट वस्तुतर्फ तृतीय बनाना फाइबरको कार्पेटका सत्यन्द्र खड्गीले १० हजार नगद पाएकी छिन् । द्वितीय याक फाइबरको सलमा (साना हस्तकलाका प्रकाश बज्राचार्य) १५ हजार नगदसहित पुरस्कृत भएको छ । प्रथम सिल्भर ज्वेलरी ( नेपालिजदी कलेक्सनकी मिनु बज्राचार्यले २० हजार नगद पाएकी छन् ।

त्यसैगरी, परम्परागत विधामा मैनको मूर्तिमा उत्कृष्ट कलाकारमा तृतीय निषेशराज शाक्यले २० हजार नगदसहित पुरस्कृत भएका छन् । द्वितीय उदीप शाक्यले ३० हजार नगद पाएका छन् ।
जसमा प्रथम मनोज शाक्यले ५० हजार नगदसहित पुरस्कृत भएका छन् । यसैगरी, समसामयिक विधा ढाका बुनाइतर्फबाट उत्कृष्ट कलाकारमा प्रथम भएर चुना बास्तोला ज्ञानीमाया तामाङले ५० हजार, द्वितीय भई देउमाया लिम्बूले ३० हजार रुपैयाँसहित पुरस्कृत भएका महासंघले जनाएको छ ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2DwUO1R

No comments:

Post a Comment

Post Bottom Ad

Pages