काठमाडौं। प्रा.डा. माणिकलाल श्रेष्ठलाई, दान्यहीरा पुरस्कार, मुनीबहादुर शाक्यलाई, दान्य हीरा विज्ञान प्रविधि पुरस्कार, नजरराम महर्जनलाई दान्यहीरा पत्रकारिता पुरस्कार तथा सुरजवीर बज्राचार्यलाई दान्यहीरा संगीत पुरस्कार प्रदान गरिएको छ ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शनिबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेका हुन् ।शताब्दी पुरुष जोशीले नेपाल भाषा देशको नै समृद्ध भाषा रहेको र नेपाल भाषाको विकासका लागि सरकारले मातृभाषाबाट सञ्चालन हुने विद्यालय खोल्नुपर्नेमा जोड दिए ।
संघीय समाजवादी फोरम नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधिसभाबाट पारित भइसकेको मातृ भाषामा शिक्षा दिने कानूनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।उनले मातृभाषाको विकासका लागि सरकारी तहमै मातृ भाषामा स्कुल सञ्चालन गराउने तथा पाठ्यक्रम बनाउन पहल गर्नुपर्ने बताए ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2QgKEGn
No comments:
Post a Comment