काठमाडौं। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगमा दर्ता हुने उजुरीमा करिब ५०० ले वृद्धि भएको छ । आयोगद्वारा आयोजित अन्तक्र्रियामा प्रतिवेदनमार्फत आयोगले सो जानकारी गराएको हो ।
आर्थिक वर्ष २०७३÷७४ मा ३४१ महिलासम्बन्धी घटनाको दर्ता भएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा भने आठ ८३८ महिलासम्बन्धी घटना दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।
आयोग सचिव अनिलकुमार झाकाअनुसार गत आर्थिक वर्षदेखि आयोगले हेल्पलाइन सुरु गरेपछि घटना दर्ता बढी हुन थालेको हो । दर्ता हुने घटनामा सबैभन्दा बढी टेलिफोन र हेल्पलाइनबाट घटना दर्ता हुने गरेको पनि सचिव झाले जानकारी गराए ।
गत वर्ष दर्ता घटनामध्ये सबैभन्दा बढी मानसिक तथा शारीरिक हिंसाका कारण घटेका घरेलु हिंसाका दर्ता भएका छन् ।
गत आवमा आयोगमा परेको उजुरीको घटनामध्ये २१५ कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।
यसैगरी, १६६ घटनाको मनोसामाजिक परामर्शका लागि सिफारिस गरिएको छ । १३४ कारबाहीका लागि पत्राचार गरिएको छ, ८३ घटनामा मिलापत्र सिफारिस गरिएको र ४७ घटना सेल्टरका लागि सिफारिस गरिएको बताइएको छ ।
हाल आयोगमा आउने उजुरीमा सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट हिंसाका घटना दर्ता हुने गरेको छ । पहिलेको भन्दा पछिल्लो समय हिंसाको स्वरूपमा परिवर्तन पनि भएको छ ।
अहिले हाडनाता करणी, सामूहिक बलात्कार, यौन व्यापारका लागि विभिन्न देशमा मानव तस्करी, विदेशी नागरिकबाट बालयौन शोषण र बोक्सीको आरोपमा मानसिक र शारीरिक यातनाजस्ता घटना दर्ताका लागि आउने गरेको छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2P9P2uc
No comments:
Post a Comment