बोली फेरिन् साराले - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

बोली फेरिन् साराले

सैफअली खानकी हिरोइन छोरी साराअली खानले एउटा रियालिटी सोमा आफूले कार्तिक आर्यनसँग डेट गर्न र रणवीर कपुरसँग बिहे गर्न चाहेको बताएकी थिइन् । तर, अहिले उनको मन बदलिएको छ । हाल आफ्नो डेब्यु फिल्म केदारनाथको प्रमोसनमा खटिएकी साराले अहिले बोली फेरेकी छिन् ।

उनले आफूलाई कार्तिक अहिले पनि मन पर्ने भए पनि रणवीरबारे भने धारणा बदलेकी छिन् । उनले एउटा रेडियोमा अन्तर्वार्ता दिँदै आफू फिल्म अभिनयमा नआउँदै दर्शकको रूपमा रणवीरलाई चाहेको, तर खासमा अहिले त्यस्तो महसुस नहुने बताएकी छिन् ।

‘अहिले मेरो सोचाइ र बुझाइमा परिवर्तन आएको छ,’ उनले भनेकी छिन्, ‘कार्तिक र रणवीर दुवै राम्रा छन् । तर, मैले पहिला सोचेको जस्तोचाहिँ अब हुँदैन ।’ उनले घुमाउरो पारामा रणवीरभन्दा आफ्नो कोआर्टिस्ट सुशान्त सिंह राजपुत नै ठीक भएको बताएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सारा सैफअलीकी जेठी पत्नी अमृता सिंहतर्फकी छोरी हुन् । सारा आफ्नो डेब्यु फिल्म केदारनाथलाई लिएर निकै उत्साही छिन् । केदारनाथ २१ मंसिरमा प्रदर्शन हुँदै छ ।

The post बोली फेरिन् साराले appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Kb5pB9

No comments:

Post a Comment

Post Bottom Ad

Pages