दिदीभाइलाई उपाधि - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

दिदीभाइलाई उपाधि

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले पुरुष तथा महिलातर्फ आर्मीकै नङसलदेवी तामाङले पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा एकछत्र राज गर्ने क्रममा रत्नजित सातौँपटक च्याम्पियन बने ।

शनिबार सम्पन्न योनेक्स सनराइज आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा उनले एपिएफका दिपेश धामीलाई २१–११, २१–१६ को सहज सेटमा पराजित गरे । उनले नगद ५० हजार हात पारे ।

महिलातर्फ नङसल च्याम्पियन
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फको खेलमा सेनाकै नङसलदेवी तामाङले उपाधि जित्न सफल भइन् । उनले सेनाकै रसिला महर्जनमाथि २२–२०, १५,–२१ र २१–१८ को जित निकाल्न सफल भइन् । तामाङले ५० हजार हात पारिन । राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष युगलतर्फ सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी विजयी भए ।

The post दिदीभाइलाई उपाधि appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Be07ln

No comments:

Post a Comment

Post Bottom Ad

Pages