मुस्ताङ,२ मंसिर । मुक्तिनाथक्षेत्रमा शनिबार बृहत सरसफाई भएको छ ।जिल्ला प्रशासन कार्यालय मुस्ताङको अगुवाईमा मुक्तिनाथ मन्दिर परिसर तथा नरसाङ गुम्बा वरपर ब्यापक सरसफाई गरिएको हो ।सरसफाईका क्रममा तिर्थालुको भीडले जम्मा भएको करिव १२ क्वीन्टल फोहोर व्यवस्थापन भएको जनाईएको छ ।
मुक्तिनाथ बिकास समितिका अध्यक्ष समेत रहेका सिडियो गंगाबहादुर क्षेत्रीको उपस्थितीमा वारागुङ मुक्तिक्षेत्र गाउपालिका प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मी,उपाध्यक्ष ढिकी गुरुङसहित नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना,अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप ,शिक्षा बिकास तथा समन्वय ईकाई,छेङ्गुर आधारभुत बिद्यालय र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा लगायतले मुक्तिनाथको ब्यापक सरसफाई गरेका हुन् ।

श्रोह्श्राद्ध देखि दशै–तिहार र छटपर्व सम्म जम्मा भएको फोहोरलाई व्यवस्थापन गरिएको सिडियो गंगाबहादुर क्षेत्रीले जानकारी दिए । धार्मिक स्थल मुक्तिनाथधामलाई चुस्त–दुरुस्त राख्न सरसफाई भएको बताए ।‘मन्दिरमा धर्म गर्न आउने तिर्थालुले जथाभावी फोहोर मिल्काउदा मन्दिर परिसरको सौन्दर्य प्रतिकुल हुने गरेको पाईयो ,मुक्तिनाथको सबैतिर देखिने जथाभावी फोहोर नगरौ भन्ने खालका तिर्थालु सचेतनाका सूचना बोर्ड टास्ने तैयारी भईरहेको छ ।हामीले यस बिषयमा गम्भिर भएर लागिपर्ने योजना बनाएका छौं ।’सिडियो क्षेत्रीले भने ।

यसवर्ष बिगत वर्षहरु भन्दा उल्लेख्य तिर्थालुको मुक्तिनाथ दर्शनका लागि आएको मुक्तिनाथ बिकास समितिका कर्मचारी रबिन सुबेदीले जानकारी दिए ।उनले मुक्तिनाथ बिकास समितिले फोहोर व्यवस्थापनका लागि २ जना कर्मचारी खटाएको बताए ।मुक्तिक्षेत्रमा तिर्थालुको चाँप बढेको र तिर्थालुले जथाभावी फोहोर फ्याक्दा समस्या उब्जिएको जनाए ।‘मन्दिरको कुण्ड अगाडी जथाभावी फोहोर नगरौ,मानव सभ्यता प्रर्दशन गरौ भन्ने सूचना टाँस गरिएको भएपनि तिर्थालुले यसको व्यवस्था गरेर मनोमानी फोहोर फाल्छन् ।’उनले समय तालिका मिलाएर यसको व्यवस्था गर्न आवश्यक रहेको सुझाए ।
यस्तै,मुक्तिनाथ रानीपौवाका स्थानीय गाउबासी,व्यवसायी र जनप्रिया यूवा क्वल पूराङ रानीपौवाले पनि मुक्तिनाथ परिसर बाहिरको पाँखो देखि बसपार्क सम्म ब्यापक सरसफाई गरेका छन् ।एक घर एक व्यक्ति सहभागीता रहने गरी रानी पौवाका स्थानीय बासिन्दाले प्रत्येक महिनाको दुई पटक सरसफाई गर्ने गरेको मुखिया पाल्साङ गुरुङले जानकारी दिए ।उनले बजारक्षेत्र तथा बसपार्कक्षेत्रको सौन्दर्यतालाई चुस्त राख्न गाउ र क्लवकै सक्रियतामा निरन्तर सरसफाई हुँदै आएको बताए ।क्लवका अध्यक्ष उर्गेन पाल्देन गुरुङले स्थानीयले जस्तै मुक्तिनाथ बिकास समितिले समय तालिका मिलाएर फोहोर व्यवस्थापन गर्नुपर्ने जीकिर गरे ।उनले समितिकोषमा करोडौ रुपैया मौज्यात भएको र चन्दा संङ्कलन समेत राम्रो हुने भएकाले आवश्यकता अनुसारको कर्मचारी खटनपटन गनुपर्र्ने सुझाए ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2Toqbl4



No comments:
Post a Comment