विद्युतीय स्कुटर निउको इटहरीमा शाखा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

विद्युतीय स्कुटर निउको इटहरीमा शाखा

निउ विद्युतीय स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता इको इन्फिनिटीले इटहरीमा शाखा सञ्चालनमा ल्याएको छ । १ वर्षअघि नेपालमा निउ भित्र्याएको इको इन्फिनिटीले पोखरा र धरानमा यसअघि नै शाखा सञ्चालनमा ल्याएको थियो ।

१ वर्षको अवधिमा २ सयवटा विद्युतीय स्कुटर बिक्री भएबाट आफूहरू उत्साहित भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणयना केसीले बताइन् । उनका अनुसार ३ वर्षमा विश्वका २८ देशका ६ सयभन्दा बढी सहरमा ५ लाख बढी निउ बिक्री भइसकेका छन् ।

पेट्रोल स्कुटरको सट्टा विद्युतीय स्कुटर प्रयोग गर्दा पेट्रोल, मोबिल, मर्मतसम्भार खर्चमा वार्षिक ५० हजार रुपैयाँभन्दा बढी बचत हुने कम्पनीले दाबी गरेको छ । प्रमुख कार्यकारी अधिकृत केसीले यस क्षेत्रमा ३ पांग्रे विद्युतीय सवारीसाधनको सफलताले २ पांग्रे सवारीसाधन आयात गर्न प्रोत्साहन मिलेको बताइन् ।

The post विद्युतीय स्कुटर निउको इटहरीमा शाखा appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Q9o6KE

No comments:

Post a Comment

Post Bottom Ad

Pages