सानिमा लाइफको नयाँ बिमा योजना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

सानिमा लाइफको नयाँ बिमा योजना

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सानिमा दम्पती नामक सावधिक जीवन बिमा योजना ल्याएको छ । देशको सामाजिक तथा आर्थिक स्थितिको अध्ययन गरी विभिन्न पेसा र व्यवसायमा संलग्न व्यक्तिलाई लक्षित गरी उक्त योजना ल्याएको कम्पनीले जनाएको छ ।

यस योजनामा एउटै बिमालेखमा श्रीमान् तथा श्रीमतीलाई जीवन बिमा प्रदान गरिने कम्पनीले जनाएको छ । उक्त योजनामा कम्पनीले आर्जन गरेको मुनाफामा सरिक भई आर्थिक सुरक्षा तथा बचत गर्न पाइने जनाइएको छ । न्यूनतम ५० हजार रुपैयाँसम्मको बिमा गर्न पाइने उक्त योजनामा अधिकतम बिमांक असीमित रहेको छ ।

न्यूनतम २१ वर्ष उमेर पुगेको व्यक्तिले उक्त बिमा गर्न पाउनेछन् । बढीमा ५० वर्ष उमेरसम्मकाले गर्न पाउने उक्त बिमाको न्यूनतम अवधि १५ वर्ष तोकिएको छ । अधिकतम बिमा अवधि ३० वर्ष रहेको र अधिकतम बिमा समाप्ति उमेर ७० वर्ष रहेको जनाइएको छ ।

The post सानिमा लाइफको नयाँ बिमा योजना appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Dv1g9L

No comments:

Post a Comment

Post Bottom Ad

Pages