काठमाडौं। पर्यटक आगमन संख्या बढेसँगै अहिले राजधानीलगायत मुलुकभरका ठूला तारे होटलदेखि अन्य साना होटल भरिभराउ भएका छन् । विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढेपछि अहिले ठूला पाँच तारे होटलको कोठा बुकिङ करिब शतप्रतिशत पुगेको छ । अहिले काठमाडांैलगायत मुलुकभरका सबै स्थानका होटलको बुकिङ ८५ प्रतिशत नाघेको छ ।
वर्षकै सबैभन्दा उत्कृष्ट पर्यटकीय मौसम सेप्टेम्बरदेखि डिसेम्बरसम्मका लागि ठूला तारे होटलको कोठा बुकिङ (अकुपेन्सी) सामान्यतया ७५÷८० प्रतिशतमाथि हुन्थ्यो । अहिले यो मौसममा बुकिङ नलिएर आउने पर्यटकलाई कोठा दिन सक्ने अवस्था नरहेको होटल एसोसियसन अफ नेपाल (हान)ले जनाएको छ ।
हानका अध्यक्ष अमरमान शाक्यले पर्यटक आगमन संख्या बढेसँगै अहिले होटल बुकिङ करिब ८० प्रतिशत रहेको बताए । उनले विशेषगरी, मुलुकको पर्यटन प्रवद्र्धन गरी पर्यटक आगमन संख्या बढाउन आगामी सन् २०२० मा वार्षिक २० लाख पर्यटक भिœयाउने सरकारको लक्ष्यलाई साथ दिन निजी क्षेत्रका तर्फबाट भएका प्रयासले अहिले होटल बुकिङको अवस्था करिब ८० प्रतिशत पुगेको बताए । उनले सन् २०१८ को अन्तसम्ममा करिब १२ लाख पर्यटक नेपाल भित्रिने अपेक्षा गरिएको बताए ।
सरकारले सन् २०२० मा वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएपनि अझै अपेक्षाकृत रूपमा पर्यटन पूर्वाधारका काम गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै हानका अध्यक्ष शाक्यले भने, ‘अहिले यहाँका होटलमा जम्मा ८५ प्रतिशत मात्र बुकिङ छ । यो मौसममा सबै होटलमा सय प्रतिशत बुकिङ हुनुपर्नेमा सो नभएको अवस्था छ ।’ यसमा सरकारकै कमजोरी रहेको भन्दै उनले सरकारी लक्ष्य पूरा हुन नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान सेवा थप विस्तार हुनुपर्ने र काठमाडांैको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा पूर्ण रूपले सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
अझैसम्म पनि सरकारले पर्यटकीय पूर्वाधार विस्तारमा जोड नदिए आगामी दुई वर्षपछि सन् २०२० मा २० लाख पर्यटक भिœयाउन सकिन्छ भन्नेमा व्यवसायी विश्वस्त नभएको भन्दै उनले विदेशी पर्यटकलाई सहज रूपमा नेपालको विभिन्न गन्तव्यसम्म पु¥याउन सबैभन्दा पहिले हवाई सेवा पहुँच विस्तारमा सरकार चुक्न नहुने दाबी गरे ।
उनले पर्यटक आगमन संख्या बढाउने मात्र नभएर विभिन्न मुलुकबाट नेपाल भित्रिएका पर्यटकले यहाँ घुमुन्जेल खोजेका सबै पूर्वाधार उपलब्ध गराउन मुलुक सक्षम हुनुपर्ने बताए । अहिलेसम्म निजी क्षेत्रको विभिन्न प्रवद्र्धनात्मक गतिविधिकै कारण पर्यटक नेपाल आएको भन्दै उनले सरकारले लिएको लक्ष्यअनुरूप उच्च गुणस्तरीय पर्यटक भिœयाउन सरकारले विमानस्थल सुधार एवं विस्तारलगायत अझै धेरै पूर्वाधार निर्माणमा जोड दिनुपर्ने दाबी गरे । उच्च गुणस्तरीय पर्यटक भित्रिए पनि नेपालमा पर्यटन क्षेत्रबाट राम्रो आर्थिक विकास हुने भन्दै उनले अझै निजी क्षेत्र पनि पर्यटकले होटल भरिए भनेर निकै उत्साही हुनुपर्ने बेला नभएको बताए ।
हानका अध्यक्ष शाक्यले अहिले मुलुकमा नयाँ संविधान जारी भई सबै तहको निर्वाचन सम्पन्न भएपछि शान्ति, सुरक्षा र कानुनी शासन पहिलेभन्दा सबल हुने सकारात्मक सन्देश संसारभर सञ्चार भएका कारण पनि अहिले पर्यटक आगमन उत्साजनक भएको बताए । उनले पर्यटक आगमन संख्या वृद्धिसँगै मुलुकको पर्यटन प्रवद्र्धनका लागि हानलगायत अन्य पर्यटन क्षेत्रका संघसंस्थाले पनि अहिलेसम्म संसारभरका विभिन्न स्थानमा पुगेर ‘नेपाल प्रवद्र्धन कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको जानकारी गराए । निजी क्षेत्रले गरेको सोही प्रवद्र्धनात्मक कार्यक्रमले नै अहिले यहाँका होटलको बुकिङ करिब ८५ प्रतिशतभन्दा माथि पुगेको उनको भनाइ छ ।
यसैगरी, हानका उपाध्यक्ष एवं होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सिर्जना राणाले यो मौसममा कोठा बुकिङको अवस्था उत्साहजनक नै रहेको बताइन् । उनले पनि अहिलेकै कमजोर पर्यटकीय पूर्वाधारका अवस्थामा आगामी दुई वर्षपछि वार्षिक २० लाख पर्यटक नेपाल भिœयाउने सरकारी लक्ष्य पूरा हुन्छ भन्नेमा निजी क्षेत्र आश्वस्त नभएको बताइन् ।
सन् २०१८ को जनवरीदेखि अक्टोबरसम्म कुल ८ लाख ८२ हजार ५३१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो अहिलेसम्मकै उच्च हो । यसअघि सन् २०१२ मा ८ लाख ३ हजार पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ
उनले अपेक्षा गरिएअनुसारको उच्च गुणस्तरीय पर्यटक भिœयाउन अझै सरकारले प्रचारप्रसारको काम राम्रोसित गर्न नसकेको बताइन् । नेपालमा विशेषगरी, सेप्टेम्बरदेखि नोभेम्बरसम्म र मार्चदेखि जुनसम्मको अवधिलाई वर्षकै पर्यटक आगमनको उच्च मौसम मानिन्छ । केही वर्षयता तारे होटलकै वार्षिक औसत अकुपेन्सी करिब ७५ देखि ८५ प्रतिशतसम्म रहँदै आएकामा यो वर्ष भने औसत अकुपेन्सी ९० प्रतिशत हुने हानको अपेक्षा छ ।
सन् २०१८ को जनवरीदेखि अक्टोबरसम्म कुल ८ लाख ८२ हजार ५ सय ३१ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन अहिलेसम्मकै उच्च हो । यसअघि सन् २०१२ मा यसअघिकै बढी ८ लाख ३ हजार पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांकले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि सन् २०१८ को अन्त्यसम्म कुल १० लाख पर्यटक आगमनको लक्ष्य सहजै हासिल हुने बताएको छ । पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा मात्र कुल १ लाख ९ हजार पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डले अध्यागमन विभागलाई आधार मानेर यस्तो जानकारी गराउँदै आएको छ । अध्यागमन विभागका अनुसार गत अक्टोबर महिनामा हवाई मार्गबाट मात्रै १ लाख ९ हजार ७ सय ३३ जना पर्यटक नेपाल भित्रिएका छन् ।
सो अवधिमा सबैभन्दा बढी पर्यटक छिमेकी मुलुक भारत र चीनबाट भित्रने गरेका छन् । यो मौसममा ठूला तारे होटलमा मात्र नभएर राजधानी र पर्यटकीय क्षेत्रका पर्यटकीय मापदण्ड पूरा गरेका सबै खाले होटलमा पर्यटक भरिभराउ रहेको होटल व्यवसायीले बताएका छन् ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2A4mZ5d
No comments:
Post a Comment