कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन आइतबार अन्त्य गरिएको छ । १० जेठमा सुरु भएको अधिवेशनले ४१ बैठकबाट १७ विधेयक पारित गरेको छ । आइतबारको बैठकमा सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री कार्यालयको सिफारिसमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले अधिवेशन अन्त्यका लागि पठाएको पत्र पढेर सुनाए ।
बैठकले प्रदेश सभा र सरकारको सेवा सुविधासम्बन्धी दुई विधेयक पारित गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ केही संशोधनसहित पारित गरिएको हो ।
पारिश्रमिक हटाएर सेवा–सुविधा
कर्णाली प्रदेश सभाका सदस्यले पारिश्रमिकको सट्टा सेवा–सुविधा लिने भएका छन् । संशोधनमार्फत विधेयकमा भएको ‘पारिश्रमिक’लाई हटाएर ‘सेवा–सुविधा’ मात्रै लेखिएको छ । सांसद करवीर शाहीले संशोधनको प्रस्ताव पेस गरेका थिए ।
त्यस्तै, प्रदेश सभाका सबै सदस्यको बैठकभत्तामा एकरूपता ल्याएको छ । सबै पदाधिकारीले बैठकभत्ता सात सय ५० रुपैयाँ पाउनेछन् । यसअघि सभामुख, उपसभामुख, संसदीय दलका नेताले प्रतिबैठक एक हजार र सदस्यको सात सय ५० रुपैयाँ तोकिएको थियो ।
प्रदेश सभा सदस्यको सञ्चार खर्च पाँच सयबाट बढाएर दुई हजार पु-याइएको छ भने फर्निचरबापत ४० हजार एक कार्यकाल मात्रै उपलब्ध गराउने व्यवस्था गरिएको छ । मन्त्रीले भने आवास मर्मतबापत रकम नपाउने भएका छन् । सरकारी आवास पाएका मन्त्रीलाई मर्मत खर्च नदिने प्रस्ताव पारित गरिएको हो ।
The post कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2RxyER1
No comments:
Post a Comment