सिरहाको मिर्चैयास्थित ईलाका प्रहरी कार्यालय परिसरमा नगरका विभिन्न वडाबाट बरामद गरिएका अवैध मदिरा नष्ट गरिएको छ ।
इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहका अनुसार स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, पत्रकारहरुको रोहवरमा आइतबार अवैध मदिरा नष्ट गरिएको हो । अवैध रुपमा उत्पादन गरिएको दुई सय ८६ लिटर घरेलु मदिरा, मदिरा बनाउन रसायनको रुपमा प्रयोग गरिने २० के.जी. मर्चा, म्याद गुज्रिएको विभिन्न ब्राण्डका बियर र मदिरा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक शाहले बताए ।
विभिन्न आपराधिक घटनाको मुख्य कारणको रुपमा रहेको मदिराको अवैध उत्पादन र विक्री वितरण नियन्त्रण गर्न प्रहरीले आफ्नो मातहतको क्षेत्रमा नियमित रुपमा गस्ती र निगरानी गरिरहेको प्रहरी नायव उपरीक्षक शाहले उल्लेख गरे । ‘त्यस्तो काममा संलग्न हुनेलाई पहिलो पटकका लागि सम्झाई बुझाई गर्छौं, नमाने नियन्त्रणमा लिएर कानुन अनुसार कारबाही गर्छौं’ उनले भने ।
The post सिरहाको मिर्चैयामा मदिरा नष्ट appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2PJ4lJO
No comments:
Post a Comment