मुटु अस्पतालकाे लागि १० विगाहा जग्गा उपलब्ध गराउने तिलोत्तमा नगरपालिकाको निर्णय - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

मुटु अस्पतालकाे लागि १० विगाहा जग्गा उपलब्ध गराउने तिलोत्तमा नगरपालिकाको निर्णय

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल निर्माणको लागि जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको ४८ औं बैठकले अस्पताललाई वडा नं. ४ स्थित १० विगाहा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले तिलोत्तमा नगरपालिकालाई यही मंसिर ३ गते मुटु अस्पताल भवन निर्माणका लागि जग्गाको व्यवस्था मिलाइदिन निवेदन दिएको थियो । अस्पतालका अध्यक्ष एजाज आलमको नेतृत्वमा नगरपालिका पुगेको अस्पतालको टोलीले नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई निवेदन दिएका थिए ।

विगत पाँच वर्षदेखि बुटवल १० रामनगरमा भाडाका घरहरुमा सञ्चालन भइरहेको अस्पताल आफ्नै भवन निर्माणका लागि उपर्युक्त जग्गाको खोजीमा छ ।

The post मुटु अस्पतालकाे लागि १० विगाहा जग्गा उपलब्ध गराउने तिलोत्तमा नगरपालिकाको निर्णय appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Kqhi6r

No comments:

Post a Comment

Post Bottom Ad

Pages