सातौ कर सप्ताहको अवसरमा कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल खेल भएको छ ।
सातौ कर सप्ताहको अवसरमा बिहीबार काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको फुटबल मैदानमा कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल भएको हो ।
कर प्रशासनको तर्फबाट आन्तरिक राजश्व विभाग, विभिन्न कर कार्यालय, भंन्सार विभाग तथा अर्थ मन्त्रालयका कर्मचारी र उद्योगीहरुको तर्फबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, शेखर गोल्छा, पशुपति मुरारका, चन्द्र ढकाल लगायतबीचको मैत्रिपुर्ण खेल निकै रोमाञ्चक देखिएको थियो ।
कर प्रशासन समुहको तर्फबाट आन्तरिक राजश्व विभागका प्रमुख विष्णु प्रसाद नेपाल र उद्योगी समुहको तर्फबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले टोली नेताको भुमिका निर्वाह गरेका थिए । खेल हेर्न अर्थमन्त्री युवराज खतिवडा खेल मैदान पुगेका थिए ।
खेलमा उद्योगीहरुको टीमले ३ गोल गरेको थियो भने कर प्रशासकको टिमले एक गोल फर्काएको थियो ।
The post कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल खेल appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2Bq9SwN

No comments:
Post a Comment