जोगवनी–किमाथाङ्का सडक अझै अघि बढेन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

जोगवनी–किमाथाङ्का सडक अझै अघि बढेन

भिर फुटाउने जिम्मा सेनालाई दिने तयारी अन्तिम चरणमा

पूर्वीपहाडी जिल्ला संखुवासभामा निर्माणधीन जोगवनी—किमाथाङ्का सडकखण्डका भिर फुुटाउने जिम्मा नेपाली सेनालाई दिइने भएको छ । दुई ठूला छिमेकी मुलुक भारत–चीन जोड्ने त्रिदेशीय लिंकको रूपमा जोगवनी—किमाथाङ्का सडकखण्डअन्तर्गतका भिर फुटाउने जिम्मा सेनाले पाउन लागेको छ ।

उत्तर–दक्षिण (कोसी सडक) आयोजना प्रमुख पशुपति ज्ञवालीका अनुसार चीन र भारत जोड्ने सबैभन्दा छोटो यो सडकको निर्माण कार्यले गति लिन नसकेपछि ठूला चट्टान रहेको भिर फुटाउने जिम्मा नेपाली सेनालाई दिने तयारी भएको हो । ‘त्यसक्षेत्रमा ठूला–ठूला चट्टान छन् । त्यसैले सडक निर्माणको काम नेपाली सेनालाई दिने तयारी भएको हो,’ आयोजना प्रमुख ज्ञवालीले भने, ‘प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’

१५ किलोमिटरमा ठूला चट्टान
किमाथाङ्का नाका जोड्न २३ किलोमिटर मात्रै बाँकी छ । त्यसखण्डकोे १५ किलोमिटर क्षेत्रमा ठूला चट्टान धेरै भेटिएकाले निर्माण कार्य अगाडि बढ्न सकेको छैन । सोही क्षेत्रसेनालाई दिन लागिएको ज्ञवालीको भनाइ छ । ‘शंखे र महाभीरको चट्टान असाध्यै ठूलो भएकाले ट्रयाक खोल्न समस्या भइरहेको छ । विस्फोटक पदार्थको प्रयोग गर्नुपर्ने आवश्यकता देखिएकाले सेनालाई दिन लागिएको हो,’ आयोजना प्रमुख पशुपति ज्ञवालीले भने ।

यसै वर्ष गाडी पु-याउने लक्ष्य
जोगवनी—किमाथाङ्का सडकमा ट्रयाक खोली यसै वर्ष नाकासम्म गाडी पु-याउने लक्ष्य सरकारको छ । समय कम रहेकाले पनि सो खण्ड सेनाको जिम्मामा दिन लागिएको प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले बताए । ‘विस्फोटक पदार्थ खरिद गरेर बंकर निर्माण गरी भण्डारण गर्ने र भिरको चट्टान फुटाउने प्रक्रियाका लागि नेपाली सेनासँग कुरा भएको छ । सो प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ सांसद गौतमले भने, ‘समयमा काम सम्पन्न गर्न सेनालाई दिनुको विकल्प छैन ।’

डेढ वर्षदेखि निर्माण ठप्प
यहाँ करिब डेढ वर्षदेखि निर्माण कार्य ठप्प छ । सिन्धुपाल्चोकबाट चीनको स्वाशासित क्षेत्र तिब्बत हुँदै डोजर र इन्धन ल्याएर किमाथाङ्काबाट १४ किलोमिटर ट्रयाक खोले पनि यतातर्फ ट्रयाक खोल्ने काम अघि बढ्न सकेको छैन । ठेक्का पाएको कान्छाराम एपेक्सले विभिन्न कारण देखाउँदै सडक निर्माण कार्य अगाडि बढ्न नसकेको जानकारी आयोजनालाई आएको आयोजना प्रमुखले जानकारी दिए ।

होलिकोप्टरबाट डोजर ल्याई काम
यता चेपुवा—हटिया–हुङहुङ हुँदै सडक ट्रयाक खोल्न हेलिकोप्टरबाट डोजर लगेर काम भइरहेको छ । चालू आर्थिक वर्ष ०७५/७६ का लागि संघीय सरकारबाट ४७ करोड रुपैयाँ बजेट आएको यो आयोजना निर्माणमा बजेटको अभाव नरहेको प्रमुख ज्ञवालीले जानकारी दिए । जोगवनी–मोरङको रानी हुँदै जोगवनीदेखी संखुवासभाको किमाथाङ्का नाका जोड्न कुल ३ सय ९० किलोमिटर रहेको छ । खाँदबारी–किमाथाङ्काको दूरी १ सय ६२ किलोमिटर रहेको छ ।

त्यसमध्ये १ सय ४४ किलोमिटर सडक ट्रयाक खोलिइसकेको छ । अब किमाथाङ्का नाका जोडिन २३ किलोमिटर मात्रै बाँकी रहेको आयोजनाका प्रमुख ज्ञवालीले जानकारी दिए । ०६५ सालमा खाँदबारीमा स्थापना भएको उत्तरदक्षिण (कोसी) सडक आयोजनाले खाँदबारीदेखि किमाथाङ्का नाकासम्मको सडकको मात्रै काम गर्ने गर्छ ।

भिर फोड्न विस्फोटक पदार्थ चाहिने
चेपुवा, छुमसुर घोङगोप्पा सडकखण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक परेको हो । अत्यन्तै कडा चट्टानको भिर भएकाले यो १५ किलोमिटर सडकखण्डमा विस्फोट पदार्थ प्रयोग गरेर मात्रै अघि बढ्न सकिने उनको भनाइ छ । सिम्बुङ–हटियाखण्डको ट्रयाक खोल्ने, बरुण–सिम्बुङको रेखांकन विवाद, अलैँची तथा गुम्बाक्षेत्रमा देखिएको समस्या समाधान गरेर सडक निर्माणको काम अघि बढिसकेको उनले बताए । केही समयअगाडि यसक्षेत्रमा विवादका कारण सडक निर्माण कार्यले गति लिन सकेको थिएन ।

The post जोगवनी–किमाथाङ्का सडक अझै अघि बढेन appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Kpisih

No comments:

Post a Comment

Post Bottom Ad

Pages