सिप्रदीले ल्यायो टाटा नेक्सन क्राज - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

सिप्रदीले ल्यायो टाटा नेक्सन क्राज

टाटा मोर्टसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले नेक्सन क्राजको बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले टाटाले नेक्सनको सफलतापछि लमिटेड एडिसनको रूपमा नेक्सन क्राजको उत्पादन गरेको हो ।

गाडीको बिक्री सुरु गर्दै टाटा मोटर्सको प्यासेन्जर भेइकल युनिटसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले भने, ‘नेक्सनले नेपाली बजारमा सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयुभीको रूपमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भइसकेको छ । यसै परिपे्रक्षमा हामीले मुख्यतः सक्रिय र साहसिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यकता र मागलाई सम्बोधन गर्न क्राज ल्याएका हौँ ।’

विशेषता
मल्टिड्राइभ मोडको विशेषतायुक्त यो गाडी सहरको व्यस्त सडकदेखि लिएर राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढंगले चलाउन सकिने कम्पनीले जनाएको छ । २ सय ९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले नेक्सन क्राजलाई अरूभन्दा बढी सुरक्षित र आरामदायी बनाएको छ । त्यस्तै, चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रिभर्स पार्किङ सेन्सरजस्ता अन्य विशेषता यसमा रहेको छ । यसमा स्पोर्टी सोनिक सिल्भर रंगको डुअल टोन रुफ रहेको छ । त्यस्तै यसमा १ सय १० पिएस शक्ति र ६ म्यानुअल गेयर रहेका छन् ।

ग्लोबल एनक्यापको परीक्षणमा उक्त गाडी सबैभन्दा सुरक्षित एसयुभी प्रमाणित भएको दाबी कम्पनीले गरेको छ । त्यस्तै,यसले क्र्यास टेस्टमा फोर स्टार पाएको छ । यसमा इको, सिटी र स्पोर्ट गरी तीन मल्टी ड्राइभ मोड रहेको छ ।

मूल्य
कालो र हरियो रङको सम्मिश्रण भएको नेक्सन क्राज १२०० पे्रटोल र १५०० सिसी इन्जिन डिजेल क्षमतामा उपलब्ध छ । उक्त गाडी क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्ट रहेका छन् । डिजेलका लागि ४३ लाख ८५ हजार रुपैयाँ र पेट्रोलका लागि ३९ लाख ९५ हजार रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

The post सिप्रदीले ल्यायो टाटा नेक्सन क्राज appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2QQPdHK

No comments:

Post a Comment

Post Bottom Ad

Pages