सलमान खान र क्याट्रिना कैफ एकसमय निकै निकट थिए । उनीहरू अफेयरमा रहेको समेत खबर आउँथ्यो । सलमानले क्याट्रिनालाई फिल्म दिलाइदिनेसमेत गरेका थिए । जब क्याट्रिना रणवीर कपुरको प्रेममा परिन्, त्यसपछि उनीहरूबीच फाटो आएको थियो । रणवीरसँग ब्रेकअप भएपछि क्याट्रिना अहिले फेरि सलमानसँग नजिकिएकी छिन् ।
सलमान र क्याट्रिना पछिल्लो समय टाइगर जिन्दा है फिल्ममा सँगै देखिएका थिए । अहिले उनीहरू भारत फिल्मको सुटिङमा छन् । माल्टामा भारतको सुटिङका क्रममा क्याट्रिना प्रायः सलमानको कोठामा बस्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । सलमान र क्याट्रिना सँगै बस्दा कसैले पनि उनीहरूलाई डिस्टर्ब गर्न पाउँदैनथ्यो ।
टाइगर जिन्दा हैपछि प्रायः सँगै देखिँदै आएका क्याट्रिना र सलमानबीच अहिले फेरि प्रेम झाँगिएको बताइन्छ । यद्यपि, सलमान युलिया वान्तुरसँग रिलेसनसिपमा छन् । तर, उनी क्याट्रिनालाई छाड्न पनि सक्दैनन् ।
सलमान क्याट्रिनाप्रति यति धेरै क्रेजी छन् कि, उनले भारतको सुटिङ सेटमा युलियालाई प्रवेश गर्नसमेत रोक लगाएको बताइन्छ । क्याट्रिनासँगको निकटताका कारण सलमान र युलियाबीच वेलावेलामा झगडा पर्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
The post सलमानको कोठामा क्याट्रिना appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2BdaN3C

No comments:
Post a Comment