‘कर्मचारीलाई कमजोर ठाने परिणाम गम्भीर’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

‘कर्मचारीलाई कमजोर ठाने परिणाम गम्भीर’

काठमाडौं ।  नेपाल खानेपानी संस्थानमा जारी आन्दोलनलाई कमजोर ठाने परिणाम गम्भीर आउने चेतावनी वक्ताहरूले दिएका छन् । चार दिनदेखिको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल सार्वजनिक सेवा कर्मचारी संघका राष्ट्रिय अध्यक्ष जनार्दन भट्टराईले संस्थान व्यवस्थापन बोर्डले गर्न नसक्ने भए सहयोग दिन तयार रहेको बताए ।

उनले कर्मचारी युनियनलाई संस्था र कर्मचारीको सुरक्षाका निम्ति एकजुट हुन अनुरोध गर्दै व्यवस्थापनले युनियनलाई टुटाउने र फुटाउनेजस्ता दुष्कार्य गर्न सक्नेप्रति युनियन सचेत रहनुपर्ने जनाए । संघका महासचिव पर्शुराम पुडासैनीले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) मा यस्ता समस्याको जानकारी गराई सरकारलाई दबाबसँगै समन्वय गरी समस्या समाधान गर्न आफूहरूले पहल गरेको बताए ।

राष्ट्रिय कर्मचारी महासंघ नेपालका अध्यक्ष गोपालसिंह धामीले व्यवस्थापनको कडा आलोचना गर्दै वर्तमान दुई तिहाइको सरकारले आन्दोलनरत कर्मचारीको मागलाई समय सीमाभित्र व्यवस्थापन गर्न नसके सुनौलो अवसर गुमाउँदै असक्षमताको बिल्ला भिर्नुपर्ने चेतावनी दिए । महासंघका सचिव रामबहादुर रावलले कर्मचारीको जायज मागलाई व्यवस्थापन गर्न नसक्ने नालायकीपनप्रति आपत्ति जनाए ।

संयुक्त संघर्ष समितिका संयोजक रामजी अर्यालको अध्यक्षतामा भएको सभामा आन्दोलनरत राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष झगबहादुर डाँगीले आन्दोलनले उचाइ लिइरहेको बताउँदै व्यवस्थापन मागप्रति नझुकेसम्म वार्ता र छलफलको औचित्य सकिएको धारणा राखे । संघर्ष समितिका प्रवक्ता समीर पण्डितले व्यवस्थापनले ठोस धारणाबिना वार्तामा प्रस्तुत हुने वार्ता कमिटीको कुनै औचित्य नहुने भन्दै आगामी वार्तामा एजेन्डा र समय तालिकाबिना प्रस्तुत नहुनसमेत

चेतावनी दिए । सभामा नेपाल खानेपानी संस्थान कर्मचारी संघका महासचिव केदार धमलाले कर्मचारीमाथि गरिने विभेदले खानेपानी संस्थान बन्न नसक्ने ठोकुवा गर्दै संस्थानमा क्रियाशील चारवटा युनियन अत्यन्त सरल र निकास निकाल्ने गरी प्रस्तुत भएको बताए ।

विद्युत प्राधिकरण आधिकारीक ट्रेड युनियनका सहअध्यक्ष शंकरप्रसाद बराकोटी, कर्मचारी सञ्चय कोषका प्रमोद जोशी लगायतले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै व्यवस्थापनको लाचारीपनले संस्थानमा समस्या आएको औंल्याए । देशभरबाट केन्द्रमा आएका कर्मचारीले खबरदारी गर्दै आन्दोलनलाई साथ दिन व्यवस्थापनलाई अनुरोध गरे ।

 

 

 



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2TyLrog

No comments:

Post a Comment

Post Bottom Ad

Pages