रामविलास महतोको हत्या विरोधमा आइतबार कांग्रेस सर्लाहीले पूर्व–पश्चिम राजमार्गको नवलपुरमा सडकखण्ड अवरुद्ध गरेर प्रदर्शन गरेको छ । कांग्रेस नेता–कार्यकर्ता एक घन्टा राजमार्गमै धर्ना बसे ।
१२ कात्तिकमा सर्लाहीको रामनगर गाउँपालिका–४ मा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा महतोको गोली लागी मृत्यु भएको थियो । वडाध्यक्ष रामनरेश महतोसहित सातजना घाइते भएका थिए । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । स्थानीय प्रशासनले लापरबाही गरेको आरोप लगाउँदै कांग्रेस सर्लाही आन्दोलनमा उत्रिएको हो ।
दोस्रो चरणको आन्दोलनको तयारी
कांग्रेस सर्लाहीले दोस्रो चरणको आन्दोलनको तयारी गरेको छ । पहिलो चरणको कार्यक्रमअन्तर्गत राजमार्गमा विरोध प्रदर्शन गरिएको थियो । त्यस्तै, १७ कात्तिकमा सबै स्थानीय तहमा प्रदर्शन गरेको थियो । पहिलो चरणको आन्दोलनबाट माग पूरा नभए दोस्रो चरणको सशक्त आन्दोलन घोषण गर्ने सर्लाही क्षेत्र नं. ३ का सांसद अमरेशकुमार सिंहले बताए ।
नेकपाद्वारा संलग्नता अस्वीकार
रामपुर गोलीकाण्डमा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीले जनाएको छ । नेकपाले जारी गरेको विज्ञप्तिमा कांग्रेसले लगाएको आरोप खण्डन गर्दै घटनाको निष्पक्ष छानबिन गर्नसमेत माग गरेको छ ।
The post रामनगर गोलीकाण्ड : राजमार्गमै प्रदर्शन र धर्ना appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2RA7V6l
No comments:
Post a Comment