भारतको बथनाहादेखि सीमा क्षेत्रको बुधनगरसम्म सफल परीक्षण, अर्को महिना मोदीले उद्घाटन गर्ने
नेपाल–भारत ब्रोडगेज रेल सीमा क्षेत्रसम्म पुगेको छ । आइतबार मालबाहक रेलको सफल परीक्षण गरिएको छ । भारतको बथनाहदेखि नेपालको कटहरीसम्म चल्ने मालबाहक भारतीय रेलको विराटनगर महानगरपालिका–१८ बुद्धनगर, भेडियारीसम्म सफल परीक्षण गरिएको हो ।
बिहारको अररिया जिल्लास्थित बथनाहादेखि आठ किलोमिटर दूरी तय गर्दै ब्रोडगेज रेल बुद्धनगर पुगेको हो । नेपाल र भारतको झन्डा फहराउँदै १३१०२ डब्लुडिजी ३ ए रेल बुद्धनगर पुग्दा स्थानीय बासिन्दा र सरकारी अधिकारीले स्वागत गरेका थिए । रेलको ६ मंसिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
औद्योगिक नाका जोड्न रेलमार्ग
नेपाल र भारत सरकारबीचको सम्झौताअनुसार औद्योगिक नाका जोड्न रेलमार्ग निर्माण हुन लागेको हो । देशका पाँच नाका र औद्योगिक करिडोरअन्तर्गत हुलाकी मार्गलाई जोड्ने गरी रेलमार्ग निर्माण भइरहेको छ । जसमध्ये तत्काल भिट्टामोड–बर्दिबास तथा बथनाहा–विराटनगर रेलमार्ग निर्माणाधीन अवस्थामा छन् ।
यसको सन् २००६ मा भारतीय परामर्शदाता कम्पनी राइटस लिमिटेडले सर्भे गरेको थियो । सन् २००९ जनवरीदेखि निर्माण सुरु गरी सन् १०१४ मा सम्पन्न गर्ने लक्ष्य थियो । तर, परियोजना ढिलाइ हुँदा सन् २०१७ सम्म सम्पन्न गर्ने तय गरिएको थियो । भारततर्फ निर्माण सम्पन्न भए पनि नेपालतर्फ भने अझै कम्तीमा दुई वर्ष लाग्ने अनुमान छ ।
The post सीमासम्म पुग्यो ब्रोडगेज रेल appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2PJ4flq
No comments:
Post a Comment