सूचना लुकाएर संविधानको अपमान गरेको दाबी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

सूचना लुकाएर संविधानको अपमान गरेको दाबी

काठमाडौं ।  नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरूको संगठन नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन (डीएलए) ले संविधानको प्रथम पालक सरकारले नै सूचना लुकाएर संविधानको अपमान गरेको बताएको छ । एसोसिएसनको २९औं स्थापना दिवसका अवसरमा मंगलबार पत्रकारहरूसँगको अन्तक्र्रियामा अध्यक्ष योगेन्द्र अधिकारीले सरकारले गरेका निर्णय संविधानले गरेको व्यवस्थाअनुसार तत्काल सार्वजनिक हुनुपर्ने बताए ।

‘सरकार नै संविधानको प्रथम पालक हो, सरकारले आफ्ना निर्णय लुकाएर संविधानको अपमान गर्दै अघि बढेको छ,’ अधिकारीले भने, ‘सरकारले गरेका हरेक निर्णय जनताले तत्काल थाहा पाउनुपर्छ, सूचना पाउने जनताको हकलाई कुण्ठित गर्न पाइँदैन ।’ उनले मन्त्रिपरिषद्को निर्णय पत्रकारसँग लुकाएर जनतालाई सूचनाबाट वञ्चित गर्ने काम सरकारले गरेको दाबी गरेका हुन् ।

पछिल्लो समय उनले न्यायालयमा पारदर्शिता हराउँँदै गएको समेत दाबी गरे । ‘न्यायालयबाट न्याय पाउनु अचेल महँगो हुँदै गएको छ, न्यायालयभित्र धेरै राजनीतीकरण हुन थाल्यो, यो राम्रो संकेत होइन,’ उनले भने । न्यायपालिका सधैं स्वतन्त्र रहनुपर्ने भन्दै अध्यक्ष अधिकारीले न्यायालयभित्रको कार्य प्रणालीसमेत पारदर्शी हुनुपर्नेमा जोड दिए । यस्तै, न्यायिक क्षेत्रभित्र पटकपटक हुने गरेका राजनीतिक हस्तक्षेपका कारण जनताको न्यायिक अधिकार कुण्ठित भएको र न्यायालय कमजोर हुने अवस्था रहेको उनको भनाइ थियो ।

यसको उदाहरण सुनुवाइ समितिले प्रधानन्यायाधीश हुनबाट दीपकराज जोशीलाई रोक्नु भएको उनले जनाए । आफ्नो संगठन स्वतन्त्र न्यायपालिकाको पक्षमा सशक्त भएर अघि बढ्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।

 



from Rajdhani Daily https://ift.tt/2PHvYnp

No comments:

Post a Comment

Post Bottom Ad

Pages