खानेपानीमा कर्मचारीको माग जायज : आचार्य - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

खानेपानीमा कर्मचारीको माग जायज : आचार्य

काठमाडौं। नेपाल खानेपानी संस्थानमा जारी तीन दिनदेखिको आन्दोलनमा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले समर्थन जनाएका छन् । मंगलबार आन्दोलन स्थल संस्थानको प्रधान कार्यालयमा पुगेर एक कार्यक्रमबीच आचार्यले मजदुरलाई कसैले पनि कमजोर नठान्न चेतावनी दिए । संस्थानका कर्मचारीले अत्यन्त सरल र सामान्य माग राख्दा पनि सम्बन्धित निकायको ध्यान नपुगेकोमा उनले आपत्ति व्यक्त गरे । ट्रेड युनियन कांग्रेसका तर्फबाट ऐक्वबद्धता जनाउँदै मजदुरका पक्षमा जस्तो कदम चाल्न पनि पछि नपर्ने प्रतिबद्धता उनले जनाए ।

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य सञ्जय दाहालले मजदुरमाथि गरिने विभेदले राज्य बन्न नसक्ने ठोकुवा गर्दै संस्थानमा क्रियाशील चारवटा युनियनले अत्यन्त सकारात्मक ढंगबाट उठाएको माग पूरा गर्न व्यवस्थापनसँग अनुरोध गरे । नेपाल सार्वजनिक सेवा कर्मचारी संघका केन्द्रीय उपमहासचिव सरस्वती केसीले महिलालाई संस्थानले हेपेको धारणा राख्दै सामान्यजस्ता देखिने मजदुरको रोजीरोटीसँग जोडिएको सवालमा ध्यान दिन नसक्नु संस्थानको त्रुटि रहेको औंल्याइन् ।

संयुक्त संघर्ष समितिका संयोजक रामजी अर्यालको अध्यक्षतामा भएको आन्दोलन सभामा संस्थानले कर्मचारीलाई कमजोर नठान्न चेतावनी दिएको संघर्ष समितिका प्रवक्ता समीर पण्डितले जानकारी दिए ।

संस्थानद्वारा गठित वार्ता टोलीले सोमबारको छलफलमा बिनायोजना प्रस्तुत भएकोमा आन्दोलनरत कर्मचारी आक्रोशित बनेका थिए । संयुक्त संघर्ष समितिले मंगलबारदेखि शाखा कार्यालयमा हस्ताक्षर संकलन गरी आन्दोलनमा ऐक्यबद्धता जनाउने क्रम सञ्चालन गरेको सहसंयोजक पदमहरि राईले जनाएका छन् ।

संघर्ष समितिले मंगलबारको आन्दोलन सकिएको भन्दै बुधबार पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधान कार्यालय त्रिपुरेश्वरमा सहभागी हुन सम्पूर्ण कर्मचारीलाई अनुरोध गरेको सूचना अधिकारी केदार धमलाले जानकारी दिए ।

 



from Rajdhani Daily https://ift.tt/2QVw1IY

No comments:

Post a Comment

Post Bottom Ad

Pages