धरहरा पुर्निर्माणमा सहयोगको प्रतिबद्धता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 5, 2018

धरहरा पुर्निर्माणमा सहयोगको प्रतिबद्धता

काठमाडौं। धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरू र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा सहभागीहरूले धरहरा पुनर्निर्माणका लागि त्यहाँ भएका पूर्वाधारलाई हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, सञ्चयकोष, नेपाल राष्ट्र बैंक, हुलाक, ट्राफिक प्रहरी, केयूकेएलका प्रतिनिधि, काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्षलगायतले धरहरा पुनर्निर्माणका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए ।

नेपाल टेलिकमका प्रबन्धक झविन्दलाल उपाध्यायले तत्कालीन र दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर धरहरा पुनर्निर्माणमा सहयोग गर्ने बताए ।

सञ्चयकोषका कायममुकायम वरिष्ठ प्रबन्धक शान्ता गौतमले धरहरा पुनर्निर्माणलाई सहयोग र स्थानीय समुदायलाई सहज हुने गरी बाटो खोल्न कोष तयार रहेको बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय समुदायलाई सहज हुने गरी बाटोको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै निकाय र स्थानीय समुदायसँग समन्वय गरी धरहरा पुनर्निर्माणको कामलाई अघि बढाइने बताए । अघिल्लो हप्तादेखि धरहरा पुनर्निर्माण भइरहेको छ ।

 

 



from Rajdhani Daily https://ift.tt/2ALbDEK

No comments:

Post a Comment

Post Bottom Ad

Pages