दुई खर्ब ६० अर्ब राजस्व संकलन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 5, 2018

दुई खर्ब ६० अर्ब राजस्व संकलन

 

काठमाडौं ।   सरकारले कुल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्म २ खर्ब ६० अर्ब ६८ करोड २६ लाखबराबरको राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सो परिमाणको राजस्व संकलन भएको हो । सरकारले चालू आवमा ९ खर्ब ४५ अर्ब ५५ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । भन्सार बिन्दुमा गरेको सुधार तथा आन्तरिक राजस्व संकलनमा गरेको कडाइका कारण राजस्व संकलनमा वृद्धि भएको हो ।

यस्तै, विकास खर्च भने आशातीत रूपमा बढ्न सकेको छैन । सो कार्यालयका अनुसार हालसम्म विकास खर्च ७ दशमलव ७६ प्रतिशत मात्रै भएको छ । चाडबाडका कारण विकास खर्चमा उल्लेख्य वृद्धि हुन नसकेको बताइन्छ ।

भन्सार विभागका अनुसार वीरगन्ज भन्सारले सबैभन्दा बढी राजस्व संकलन गरेको छ । यस्तै, बढी राजस्व संकलन गर्नेमा क्रमशः भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, विराटनगर, वीरगन्ज सुक्खा बन्दरगाह, नेपालगन्ज, रसुवा, मेची, कृष्णनगर, कैलाली, जलेश्वर भन्सारलगायत छन् । हाल २० भन्सार नाका सञ्चालनमा छन् ।



from Rajdhani Daily https://ift.tt/2F12RX6

No comments:

Post a Comment

Post Bottom Ad

Pages