अर्घाखाची । सडकले स्थानीय समृद्ध बन्न थालेका छन् । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीका सबै वडामा मोटरबाटो पुगेको छ । तीन गाउँपालिका र तीन नगरपालिका रहेको अर्घाखाँचीमा ६१ वडामा मात्र हैन अधिकांश गाउँमा मोटरबाटो पुगेको छ ।
मोटरबाटो पुगेपछि स्थानीय कृषक बढी लाभान्वित भएका छन् । कृषकहरू आफूले उत्पादन गरेका वस्तु बिक्री गर्न डोकोमा बोक्नु नपरेर घरघरबाटै बिक्री भएपछि उनीहरू हर्षित भएका हुन् । गोरुसिंगे–सन्धिखर्क सडक ६८ किलोमिटर पिच भएको छ । राष्ट्रिय योजनाका रूपमा रहेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकको कुल १८५ किलोमिटर रहेको छ । जसमा सबैभन्दा बढी अर्घाखाँचीमा ७० किलोमिटर क्षेत्र यो सडकले ओगटेको छ ।
रिडी–सुर्खेत सडक, सन्धिखर्क घुम्ती पाल्पा सडक, सन्धिखर्क बल्कोट रिडी, बल्कोट तम्घास, सन्धिखर्क नुवाकोट प्यूठान चुँजाठाटी सडक, गच्छे भालुवाङ सडकले जिल्लाका सबै क्षेत्रबाट अर्को जिल्लामा सहजै पुग्न सकिन्छ ।
छत्रदेव गाउँपालिकामा पक्की ८ किलोमिटर, ग्राभेल १७ किलोमिटर र कच्ची २४८ किलोमिटर रहेको छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले बताए । उनले भने, ‘घरघरमा सडक बनेको छ ।’ सडक बनेपछि स्थानीयहरूले व्यावसायिक रूपमा तरकारी खेती, कुखुरापालन र पशुपालनमा लागेको उनले बताए । रोजगारीको लागि विदेश गएका पनि फर्किएर व्यावसायिक कृषिमा लागेका छन् ।
सन्धिखर्क, शितगंगा र पाणिनि गाउँपालिकामा पनि खेतबारीमा सररर मोटरबाटो पुगेपछि कृषि क्रान्तिमा मानिसहरू लागेका छन् । भूमिकास्थान नगरपालिकामा पक्की बाटो छैन । ग्राभेल २७ किलोमिटर र कच्ची ४८० किलोमिटर रहेको भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले बताए । उनले भने, ‘स्थानीयको माग कृषि र पशुपालनमा छ । हामीहरू पनि कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छांै ।’
कृषकहरूले उत्पादन गरेका तरकारी, दूध, अन्डा, सुन्तला र कुखुरालगायतका वस्तुहरू यिनै सडकबाट सन्धिखर्क मात्र नभई आसपासका जिल्लाको सदरमुकामको अलवा बुटवल र कृष्णनगर मात्र हैन कुनै समयमा भारतका सहरमा समेत पुगेको कृषकहरूले बताएका छन् ।
गाउँमा सडकमा थिएन । युवाहरू रोजगारीका लागि वैदेशिक रोजगारीमा गएका थिए । अहिले घरघरमा सडक पुगेपछि विदेशबाट फर्किएर तीनै जग्गामा गाईभैसीपालन, कुखुरापालन, र तरकारी खेती गरिरहेका छन् । उनीहरूले मनग्य आम्दानी पनि गर्न सफल भएका छन् ।
from Rajdhani Daily https://ift.tt/2F3crZJ
No comments:
Post a Comment