स्थायी कर्मचारीको समस्या सम्बोधन गर्ने सहमति - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 4, 2018

स्थायी कर्मचारीको समस्या सम्बोधन गर्ने सहमति

काठमाडौं। आधिकारिक ट्रेड युनियनको पहलमा अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको समस्या र माग सम्बोधन गर्न सरकार तयार देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको अध्यक्षता तथा अखिल नेपाल सरकारी अस्थायी करार कर्मचारी प्रतिनिधि र कर्मचारीसम्बद्ध विभिन्न ट्रेड युनियनका पदाधिकारीहरूसहित शुक्रबार बसेको बैठकमा सरकारी पक्ष माग सम्बोधन गर्न तयार भएको हो ।

आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले आफूहरूको पहलमा अस्थायी कर्मचारीको समस्या र माग सम्बोधन गर्न सरकारी पक्ष तयार भएको बताए । निरन्तरको वार्ता र दबाबपछि सरकारी पक्ष सहमतिमा आएको पोखरेलले जानकारी दिए । कार्यवाहक अध्यक्ष पोख्रेलका अनुसार अस्थायी कर्मचारीको समस्या समाधान गर्न विभिन्न सातबँुदे सहमति भएको छ । सहमतिअनुसार सरकारले यसअघि २ भदौमा गरेको अस्थायी तथा सेवा करार ंसंझौताबमोजिम कामकाज गरिरहेका जनशक्तिको व्यवस्थापन गर्ने निर्णय कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग, सचिवालयलाई पुनः अनुरोध गर्ने भएको छ ।

यस्तै, कर्मचारीको सेवासुविधा पुनरावलोकन गर्ने, यसअघि दुई पक्षबीच भएको सहमतिअनुसार दोहोरो सुविधा नलिने गरी व्यवस्था मिलाउन सबै सरकारी निकायलाई अनुरोध गर्ने, यसअघिको सहमतिअनुसार हुलाक सेवाविभागअन्तर्गत जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएका टेलिसेन्टरमा कार्यरत जनशक्तिलाई समेत निरन्तरता दिन सम्बन्धित निकायलाई अनुरोध गर्ने सहमति भएको छ ।

बैठकमा आगामी दिनमा करार अस्थायी सेवामा काम गर्ने कर्मचारीको अवकाशपछि उत्पन्न हुन सक्ने समस्याहरूको स्थायी रूपमा समाधान गर्न कर्मचारी र सरकारका तर्फबाट निश्चित रकम उपदान कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णयसमेत भएको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष पोखरेलले जानकारी दिए । अस्थायी करार कर्मचारीहरूले आफूहरुको समस्या समाधान नगरिए देशव्यापी रूपमा कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2QgyTzz

No comments:

Post a Comment

Post Bottom Ad

Pages