‘कात्तिक २५मा कसैले नसोचेका मूल्यका अफरहरू दराजमा’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 6, 2018

‘कात्तिक २५मा कसैले नसोचेका मूल्यका अफरहरू दराजमा’

२० कात्तिक, काठमाडौं । ‘दराज’ नेपालको पहिलो नम्बरको ई-कमर्स विजनेश हो । केमुका रुपमा नेपाल भित्रिएको यो कम्पनीलाई अहिले अलीबाबा समूहले अक्वायर गरेको छ । केमुलाई रिब्राण्डिङ गरेर दराज भएपछि कम्पनीले विभिन्न पक्षबाट आफूलाई सबल बनाउँदै लनागेको छ । अनलाइन बजारमा खासै बानी नभएका नेपालीलाई ई-कमर्सप्रति विश्वास जगाउने काममा दराजले महत्वपूर्ण भूमिका खेलेको छ । कम्पनीले हालै ‘इलेभेन-इलेभेन’ अभियानको घोषणा गरेको छ । यो नेपाली बजारमा सबैभन्दा ठूलो सस्तो मूल्यको डिल्स अफर हो । नोभेम्बर ११ (कात्तिक २५ गते) मा हुने एक दिने यो अभियानमा दराजले ठूलो संख्यमा ग्राहकहरु सभागी हुने अपेक्षा राखेको छ । दराजको समग्र विजनेश प्लान र ‘इलेभेन-इलेभेन’ क्याम्पेनबारे अनलाइनखबरले दराजका प्रवन्ध निर्देशक राजीव अमात्यसँग गरेको कुराकानीः

‘केमु’मा रुपमा नेपालमा तपाइँहरुको प्रवेश भयो । अहिले अलीबाबा समूहले तपाइँहरुलाई अक्वायर गरेको छ । करिब ४ वर्ष बढीको नेपाल यात्रा कसरी कसरी सम्झिनुहुन्छ ?

निकै रमाइलो थियो यो यात्रा । हामी ४-५ जनाबाट सुरु गरेका थियौं । एउटा अर्पाटमेन्टबाट सुरु गरेको थियौं । त्यहाँबाट साढे ४ वर्ष भयो अहिले । धेरै कुरा चेन्ज भयो ।
मुख्य त अनलाइनमा विश्वास धेरै बढ्यो । कष्टमर साइटबाट अनलाइनमा किन्दा पनि समान आउने रहेछ, राम्रै आउने रहेछ, मन परेन भन अथवा समस्या भयो भने फिर्ता गर्न पनि पाइने रहेछ, टाइममा समान आउने रहेछ, बजारमै गएर सामान किन्नु नपर्ने रहेछ, छोएर र हेरेर नै किन्नु पर्ने रहेनछ, ५०, ६० ८० हजारको समान महंगो सामान पनि अनलाइनमै किन्दा हुँदो रहेछ भन्ने विश्वास ग्राहकमा जागेको छ ।

मुख्य रुपमा त हाम्रो सेलर्सहरु पनि कन्भिन्स हुनुहुन्छ । उहाँहरु दराज भनेको त दीर्घकालको बिजनेश रहेछ, यो आज जन्मेर भोलि मर्ने कम्पनी हैन रहेछ, ई-कमर्स भनेको राम्रो इन्डस्ट्री रहेछ, ठूलै इन्डस्ट्री रहेछ, यो पछि नेपालको भविष्य यही नै हो, आज मैले मिहिनेत गरे भने भोलि फाइदा नै रहेछ, पैसा टाइममै आउँदो रहेछ, भन्ने विश्वास हामीलाई सेलरहरुले गर्नु भएको छ ।

कुनै सेलरको आज समान जान्छ भने १५ दिन त पैसा आउन लाग्छ, त्यो हुँदा त कतिपयले ५० लाख एक करोडको उधारो पनि दिनुपर्छ । त्यसमा पनि हामीलाई विश्वास गर्नु भएको छ, कुनै पनि बैंक ग्यारेन्टी र डिपोजिट विना ।

भनेपछि दराज कम्पनीलाई पनि धेरै विश्वास गर्नुभएको ठहरियो । ई-कमर्स को पनि भविष्य देख्नुभएको छ । पूर्वाधारका रुपमा भन्ने हो भने हाम्रो प्रोसेसहरु निकै राम्रो भएको छ । लजिस्टिक कम्पनीहरु धेरै आए । विस्तारै पेमेन्ट पनि आउँदैछन् । हामी आवद्ध गर्दैछाैं ।

हामीप्रति ग्राहक र सेलरको निकै ठूलो विश्वास छ । त्यसले काम गर्न सजिलो भएको छ । अहिले हामी २८० कामदारहरु हुनुहुन्छ । त्यसमा पनि धेरै जना त बाहिरबाट फर्किएर आउनुभएकाहरु नै हुनुहुन्छ । दराज अब बजारमा एउटा टप कम्पनी मध्ये नै आउन सफल भएको जस्तो लाग्छ । पहिला पहिला हामीलाई राम्रो मान्छे खोज्न र हायर गर्न गाह्रो थियो । अहिले चाँही धेरै प्रगति छ ।

ई-कमर्समा धेरै स्वदेशी कम्पनीहरु पनि आएका छन् । दराजले चाँही नेपालमा देखेको अवसरहरु के-के हुन् ?

अहिले हामीसँग एक लाख मात्रै समान छन् । १ लाख सामान भनेको एउटा फिजिकल स्टोरका लागि धेरै हो । तर, अनलाइनका लागि धेरै सानो परिमाण हो । कम्तिमा पनि १० लाख, १५ लाख २० लाख समान हुनुपर्छ भन्ने कुरा हो । अबको ६ महिनामा हामीसँग कम्तिमा ६ लाख सामान हुनुपर्छ । किनभने अहिले हामीसँग १ हजारदेखि १२ सय वटा सेलरहरु हुनुहुन्छ । यसलाई ५ हजार बनाउनुपर्‍यो, चाँडै नै ।

धेरै सेलर्सले भ्यालु अझै बुझ्नु भएको छैन । अथवा धेरैले इन्टे्रस्ट देखाएर पनि काम गर्नुभएको छैन । बजारमा पनि अनलाइनमै राखेर बेचौं न भन्ने खालका प्रोडक्ट पनि अली कम नै छ । अल स्टान्डर्ड साइज होस्, गुणस्तरीय पनि होस् । कतै रिटर्न नआओस् । रिटर्न प्रोसेसको कस्ट अली महंगो छ । त्यसैले हामीले जे पायो उही समान त राख्दैनौं ।

यस्तै पेमेन्टका पट्टीबाट पनि अवसर छ । ‘क्यास अन डेलिभरी’ अलि महंगो हुन्छ । क्यासको रिस्कहरु हुन्छ । किन्नेलाई पनि झन्झट हो । ‘क्यास अन डेलिभरी’मा ग्राहकलाई भेटेरै पैसा लिनुपर्‍यो । पछि पेमेन्ट पहिल्यै लिन सकिने भयो भने त घरमा छोडिदिए पनि भयो, छिमेकी, भाडावाल, घरधनी जसलाई पनि छोडेपनि भयो । सँगैको पसललाई पनि दिए भयो । हजार- दुई हजारको सामान छोड्न पाउने नियम पनि बनाउँला । लोकल एरियाका पसलहरुलाई पनि केही दिएर जिम्मा दिन सकिन्छ । यस्तो अवसरहरु भविष्यमा आउन सक्छन् ।

लजिस्टिकमा हामी २०-२२ वटा शरहमा त पुग्यौं, अहिले पनि लजिस्टिक नेटवर्क राम्रो छैन । काठमाडौं बाहिर अली कमजोर छ । त्यसका लागि पोखरामा हामी आफैं स्टार्ट गर्दैछौं । त्यस्तै थर्ड पार्टी कुरियर कम्पनी हामी बढाइरहेका छौं । बाहिरबाट पनि ल्यारहेका छौं । इन्डियाबाट पनि कम्पनी आइरहेका छन् । हामीले अफर गरिरहेका छौं । कुरियर कम्पनीलाई पनि ‘क्यास अन डेलिभरी’का लागि प्रोत्साहित गरिरहेका छौं ।

इन्फस्ट्रक्चरका हिसावले पनि धेरै कुरा हुन बाँकी छ, धेरै गर्न बाँकी छ । क्रस बोर्डर अर्थात् बाहिरबाट पनि समान अर्डर गर्ने कि? अलीबाबा त भन्यौं, धेरैले सोध्नुहुन्छ, चाइनाबाट समान आउँछ त ? आउन त आउँछ, तर, अब हामी एउटा कन्ट्रोल रुममा ल्याउन खोज्दैछौं । अफिसियल रुपमा पनि ल्याउने हो । रुपैयाँमा तिरेर डलरमा पेमेन्ट जानुपर्‍यो । यो राष्ट्र बैंको मार्फतबाटै अनुमति जानुपर्ने भएकाले केही समय पर्खिन्छौं । हामी यहाँ एक लाख सममान राखेर विदेशबाट २० लाख समान राखेर त काम भएन । त्यही भएर यता पनि अप्ठेरो नपर्ने किसिमले जहाँ-जहाँ सामानको कमी छ, त्यो त्यो क्याटेगोरीमा फोकस गरेर पनि गर्न सक्छौं ।

यस्तै काठमाडौं बाहिरबाट पनि काठमाडौंमा समान ल्याउनुपर्‍यो । यो पनि धेरै टाइम लाग्दैन । जुम्लाको स्याउ, रसुवाको ओखरको सानो तिनो कुरा मार्केट छ । ई-कमर्स धेरै ठूलो इन्डस्ट्री हो । यसमा अवसर पनि धेरै नै छन् । भर्खरै त सुरु भएको छ । मोबाइलमा अहिले इक कमर्स ३-४ प्रतिशत सेल हो, त्यसमा ५० प्रतिशतसम्म जानुपर्छ ।

अवसरहरु यति धेरै छन् । तपाइँहरुलाई चुनौती पनि उत्तिकै होलन् । तर, हालको समयमा तपाइँहरु अहिले कुन पाटोबाट बढी उत्साहित हुनुहन्छ ?

हामी अलीबाबा आएर नै बढी उत्साहित छौं । यसले दीर्घकालीन बिजनेश पक्का भयो । अलीबाबा जुन देशमा जान्छ, त्यहाँ राम्रोसँग चलाउने गरी नै जान्छ । अलीबाबा त बजार छिरेपछि नम्बर वान प्लेयर नै हुने हो । त्यही किसिमको इन्भेष्टमेन्ट र एक्पर्टिज लिएर आउँछ । त्यो हिसावले म अली बढी उत्साहित छु । विश्वास आउँछ, अलीबाबाको नामबाट । हाम्रो सफ्टवेयर सिस्टमहरु सजिलो बन्छन्, काम गर्न सजिलो हुने खालको वातावरण बन्छ ।

ई-कमर्स निकै बौद्धिक गेम हो, त्यसैले हामीलाई स्मार्ट मान्छेहरु पनि चाहिन्छ । अब मान्छेहरु हायर गर्न पनि सजिलो भएको छ । नेपालमै बसेर केही च्यालेन्ज लिन चाहानेलाई पनि अवसर भयो । हामीसँग म्यानेजरहरु पनि ३०-३५ जना हुनुहुन्छ । त्यो हिसावले हामी उत्साहित नै छौं ।

तपाइँहरुले हालै इलेभेन-इलेभेन क्याम्पेन घोषणा गर्नु भएको छ । कस्तो क्याम्पेन हो यो ?

यो चाँही नोभेम्बर ११को एक दिने अभियान हो । जहाँ ग्राहककले कल्पना नगरिएको मूलयमा समान किन्न पाउँछन् । कात्तिक २५मा कसैले नसोचेको र कल्पना सम्म नगरेका अफर दराजमा मिल्नेछन् ।
हामी पहिले ‘ब्ल्याक फ्राइडे’गर्दा ४-५ दिन गथ्र्यौं । अघिल्लो साल हामीले ब्ल्याक फ्राइडेमा ५ दिनमा जति सेल गर्‍यौं, यो पालामा चाँही एक दिनमै त्यो भन्दा ५ गुणा बढी समान बेच्छौं । यो स्केलको कुरा हो ।

जसले पनि अनलाइन अर्डर गर्नु भएको छैन, उहाँहरुलाई पनि एउटा अवसर हो । यो पार्टनरसीपको पनि अवसर हो । धेरै बैंकहरुसँग पार्टनरसीप गरिरहेका छौं । अरु कम्पनी पनि छन् । अधिकतम् ग्राहकलाई ई-कमर्समा भाग लिउन् भन्ने हो ।

यो क्याम्पेन ग्राहकलाई ई-कमर्स प्रति विश्वास दिलाउनका लागि मात्रै हो कि दराजको एउटा विजनेश रणनीति नै हो ?

हामीलाई ग्राहकले समान अर्डर गर्नुहुन्छ । अनि समान पाएर खुसी हुनुन्छ भने विश्वास आफैं आर्जन हुन्छ । नेपालमा नयाँ इन्डस्ट्रीमा ट्राइ नै नगर्दिने समस्या छ । दराजबारे थाहा छ, यसमा अर्डर गरेर सामान आउँछ भन्ने पनि छ । तर, समान नकिन्ने पनि कत्ति धेरै हुनुहुन्छ ।

धेरैजना ई कमर्सको स्टुडेन्ट र प्रोफेसरहरु नै यसमा आउनुभएको छैन । ई-कमर्स आएर राम्रो भयो भन्ने, तर नकिन्ने धेरै भयो । यो अवसरमा चाँही हामी यस्ता डिल्सहरु दिन्छौं कि सबैलाई अनलाइनमा चाँही किन्नै पर्ने रहेछ भन्ने होस् र नयाँ कस्टमरले ट्राइ गर्नुहोस् भन्ने हो ।

सबै सबैको लागि हो । यस्तो क्याम्पेनमा नाफा धेरै हुँदैन । धेरैजसो मार्जिन हामीले छोडेका हुन्छौं । सेलर्सले पनि छोडेका हुन्छन् । ग्राहकलाई डिस्काउन्ट दिएर नयाँ कस्टमरलाई पनि तान्ने र ई-कसर्म डेभलप गर्ने भन्ने नै हो । सचेतना पनि हो यो । दराज छ है भन्ने मात्रै हैन कि, यस्तो राम्रो डिल्स छ आज त ट्राइ गर्नुपर्छ भन्ने वातावरण तयार गर्ने नै हो ।

इलेभेन-इलेभेनमा डिल्स चाँही कस्ता-कस्ता हुन्छन् ? ग्राहकले किन यही अवसरमा समान किन्ने ?

यो निकै आकर्षक हुनेछ । मोबाइल फोनमा हेर्नुभयो भने पोकोफोन भन्ने ३४ हजारमा ल्याउँदैछौं । त्यो फोन हामीबाट नभएर अफलाइन बजारबाट आएको भए कमसेकम ४५ हजार पथ्र्यो होला । वान प्लस ६० भन्ने नयाँ मोबाइल छ । यो दराजमा मात्रै पाइन्छ । सामसुङको २/४ वटा मोडलमा पनि निकै राम्रो डिलहरु ल्याउँदैछौं ।

लुगाफाटामा भन्नुभयो भने उत्पादकहरुले सीधै सामान दिनुहन्छ । बजारमा १८ सय पर्ने लुगा हाम्रोमा ७-८ सयमा पाउनुहुन्छ । ट्राभल प्याकेज पनि सस्तो भएर आउँछ । बैंककको प्याकेज नै ४० हजारमा आउँछ । यो अहिले बजारमा निकै महंगो नै छ ।

इन्टरनेटको प्याकेजहरु पनि सस्तो भएर आउँछ । भायोनेटसँग हामी सहकार्य गर्दछौं । इलेक्ट्रोनिक्स र मोबाइल एक्सेसोरिजहरुमा निकै राम्रो डिलहरु छन् ।

नेपाली ग्राहक जति सस्तो भयो त्यसलाई कम विश्वास गर्छन् । महंगो नै राम्रो हुन्छ भन्ने आम मानसकिता छ । तपाइँहरुले त्यति सस्तोमा दिएका प्रोडक्ट र अफरमाथि कसरी विश्वास गर्ने ?

त्यस्तो नहुने रहेछ, जब मानिसलाई क्वालिटीमा विश्वास छैन, ब्राण्डमा विश्वास छैन कम्पनीमा विश्वास छैन भने महंगो नै राम्रो हाला भन्ने हुन्थ्यो । हामीले ब्राण्डहरुमा जाँदैछौं । हामी म्यानुफ्क्चररहरुलाई एउटा ब्राण्ड नै बनउनुस् भन्छौं, ता कि साइज र क्वालिटी स्ट्याडर्ड होस् । आज मलाई एउटा ब्राण्ड मन पर्‍यो भने भोलि मैले त्यही ब्राण्ड किन्न पाउँ । धेरै जसो समानहरुमा ब्राण्डमा भएपछि बजारमा २ हजार पर्ने सामान हाम्रोमा १२ सयमा भएपछि धेरै ुकरा सोच्नै परेन । राम्रो हाइन रहेनछ र ओर्जिनल होइन रहेछ भन्ने शंका लाग्यो भने हामी फिर्ता लिइदिन्छौं ।

हामी सेलेक्टेड कम्पनीहरुसँग मात्रै काम गरिरहेका छौं । त्यसैले हाम्रो अनुभवमा महंगो नै राम्रो हुन्छ भन्ने कस्टमर थोरै छन् । धेरैजसो चाँही राम्रो सामान सस्तोमा आएपछि किनिहाल्नुहुन्छ । सस्तो सामान धेरै महंगोमा राख्नुभयो भने मान्छेले पक्कै पनि किन्दैन ।

कन्जुमरको प्रवृत्तिलाई हेर्नुभयो भने महंगो भएपछि धेरैले त किन्दैनन् । सबैको आफ्नो बजेट हुन्छ । खर्च गर्ने बेलामा धेरैजसो सस्तोमै जानुहुन्छ । महत्वपूर्ण कुरा प्राइस हो, क्वालिटीको सुनिश्चितता हो । नेपालमा ब्राण्डेड किन्दा पनि ओरिजिनल पर्दैन भन्ने धेरैलाई लाग्छ, तर दराजमा किन्नेहरुले ओरिजिनल नै हो भन्ने बुझ्न थालेका छन् ।

ग्राहकले त सस्तोमा समान पाएपछि किन्लान् । तर,सेलर्सहरु किन सस्तोमा समान बेच्ने अभियानमा जोडिँदैछन् ?

सेलर्सहरुलाई पनि फाइदा छ । उहाँहरुको ब्राण्डिङ हुन्छ । उहाँहरुलाई थोरै मार्जिन हुन्छ । एक दिनमा अधिकतम् परिमाणमा बेचेर भोल्युम निकाल्यो भने फाइदा भइहाल्छ । ब्राण्डको प्रोमोसन हुने नै भयो ।

सेल भयो भने १५ दिनभित्र पैसा आउने भएकाले उहाँलाई एउटा सजिलो डिसिजन छ, दराजबाट बेच्न पाइयो भने पैसा उठाउने लगायतका झन्झट हुँदैन । सीधै १५-१५ दिनमा पैसा आउँछ । केही गडबड हुँदैन । रेभिन्यु, सेल्स र ब्राण्डिङका हिसावले उहाँहरुलाई राम्रो छ ।

हाम्रो वेबसाइटमा प्रायः जसोले आफ्नै कस्टमर बेस पनि बनाउन सक्नुहुन्छ । यहाँ ‘फलो’ भन्ने फिचर्स छ । सेलर्ससँग अन्तरक्रिया गर्न सकिन्छ । उहाँहरुलाई पनि फाइदा हुन्छ । सस्तो दिन गाह्रो हुने ब्राण्ड पनि छन् । एक दिनको अभियान भएकाले उहाँहरु लाई पनि गाह्रो पर्दैन ।

ईलेभेन-इलेभेनमा तपाइँहरुसँग ठूलो संख्यामा ग्राहको अर्डर आउँछ । डेलिभरीमा चुनौती छैन ?

११/११मा नर्मल डेलिभरी जस्तो त हुँदैन । अहिले हामी काठमाडौंभित्र २-३ दिन भन्छौं । काठमाडौं बाहिर ५-६ दिन भनिरहेका छौं भने त्यो बेला त्यो बलमा चाँही हाम्रो टार्गेट भनेको ८ दिन हो । काठमाडौं र भित्र गरेर औसतमा ८ दिन भन्ने हो । किनभने हाम्रो अर्डर भोल्युम त्यो बेला ६०-७० गुणा बढ्छ । जति मान्छे हायर गरे पनि हाम्रो क्यापिसिट नै छैन ।

लजिस्टिक कम्पनीहरु हाम्रो सबै जोडेर हामीले ह्याण्डल गर्न सक्ने ३-४ हजार हो । त्यो बेला एक लाखको अर्डर ल्याउने हाम्रो टार्गेट छ । एक एक दिनमै । त्यो बेला हामी सबै मिलेर दिनमा १० हजार बिल गर्ने क्यापेसिटी हुनुपर्‍यो । त्यसलाई ८ देखि १० दिनत्रि डेलिभर गर्ने योजना छ ।

हामीले आन्तरिक रुपमा आफ्नो समानहरु वेयरहाउसमै राख्ने र त्यहाँबाट सीधै डेलिभरी गर्ने भन्ने योजना छ । सेलर्सबाट हाम्रोमा समान आइराख्नुपरेन । हामी पिक-अप पुरै बन्द गर्छौं । कुनै पनि सेलरको गएर सामान पिक अप गर्दैनौं, केही रणनीतिक सेलर्सहरुबाहेक । तपाइँहरुले हाम्रोमा समान ल्याइदिनुपर्छ भन्ने हुन्छ ।

थर्डपार्टीसँग कुरा गरेर उनीहरुको क्यापिसिटी पनि बढाएका छौं । ५ सय गर्ने कुरियर कम्पनीले दिनको १५ सय-२ हजार गर्छन् । हामीले हाम्रै क्यापिसटी पनि बढाएका छौं । ६ ठाउँमा हबहरु खोलेका छौं । सानो-सानो लजिस्टिकका लागि त्यहाँ समान जान्छ, अनि कस्टमरकोमा जान्छ । त्यसैले ८ दिनभन्दा बढी समय लगाउँदैनौं ।

डेलिभरी चुस्त नभई ई-कमर्स फस्टाउन गाह्रो हुन्छ भनिन्छ । भविष्यमा दराजले आफ्नो डेलिभरी प्रणालीलाई कसरी थप परिमार्जन गर्दैछ ?

हाम्रा प्लानहरु छन् । अलीबाबा आएपछि उसको राम्रो कुरा भनेको उसको निकै राम्रो लजिस्टिक सिस्टम छ । जुन अहिले हामीले रोलआउट गरिसक्यौं । हामी पहिले हामी थर्ड पार्टीमा मात्रै भर पथ्र्यौं। कुरियर कम्पनीहरुले नै सबै डेलिभरी हेर्नुहुन्थ्यो ।

अहिले आफ्नै वेयर हाउस छ । अहिले ११ हजार स्क्वायरफूटको छ, त्यसलाई विस्तार गेर २० हजार स्क्वायर फिटको बनाउने योजना छ । एउटा सन्ट्रलाइज हब हुन्छ । त्यो पनि ठूलो हुन्छ । ठाउँ-ठाउँमा हबहरु बनाएका छौं । बानेश्वर, न्युरोड, कुमारीपाटी लगायतका ठाउँमा छ । अब हामी आउटस्टोर पनि गर्दैछौं । स्टेशनरी पसल, फोटोकपी पसल लगायतमा समान छोडि्दन पाउने गरी सिस्टम बनाउँदैछौं । पूर्वाधरसहित प्वाइन्ट्स बढाउँदै गएपछि राम्रो हुन्छ ।

अहिले समान सेलर्सबाट हामीमा आउने अनि हामीबाट ग्राहककोमा जाने हो । यो सिस्टममा टाइम बढी लाग्छ । त्यो कसरी छोटो पार्ने भनेर हवहरु, आफ्नै वेयर हाउसहरु सबै बनाउँदैछौं । पछि विस्तारै हामीलाई विश्वास भएपछि सेलर्सले हाम्रो सिस्टमबाट पनि जानु परेन । सेलर्सले सीधै कुरियर कम्पनीलाई सामान दिए भयो ।

अहिले हामी क्वालिटी कन्ट्रोल गर्दैछौं । एक वर्ष जति पछि, सेलर्सहरु अली विश्वासिलो भएपछि २ सय जना सेलर्सलाई चाँही हामीबाट गइराख्नुपर्दैन, आफैं डेलिभरी पनि गर्न सक्नुहन्छ र कुरियर कम्पनीबाट पनि जान सक्नुहन्छ भन्छौं । हामी डेलिभरी सबै अस्त्र प्रयोग गरेर सिस्टमलाई चुस्त बनाउँदैछौं ।

तपाइँहरु पछिल्लो समयमा ब्राण्डिङमा फोकस हुनुहुन्छ ? यो क्याम्पेनपछि अरु कुनै अफर र अभियानहरु पनि आउँदैछन् ?

हामी ‘टुभेल-टुभेल’ पनि गछौं । डिसेम्बर १२मा यो अभियान चल्छ । त्यो चाँही अहिलेकोभन्दा अली फरक हुन्छ । हाम्रो वेबसाइटमा धेरै नयाँ फिचर्सहरु छन् । जस्तैः ‘विस लिस्ट’मा राख्नेदेखि लिएर सेलर्सहरुलाई पनि धेरै फिचर्स पनि छ । यस्ता फिचर्स मान्छेले बुझुन् है भने हामी केन्दि्रत हुन्छौं ।

विदेशमा सामान्य रुपमा लिइने र सबैले जानेको फिर्चसहरु पनि हाम्रा ग्राहकलाई थाहा छैन । फिचर्सहरुबारे शिक्षा दिन र ग्राहकलाई बुझाउनका लागि १२/१२ गर्छौं । जनवरीदेखि मार्चसम्म अर्को एउटा क्याम्पेन गर्छौं । बेला-बेलामा सानातिना अफरहरु त आईनैरहन्छन् । ्

अन्तमा, आफ्ना ग्राहकका लागि केही भन्नु छ ?

अहिले भन्नुपर्ने ११/११ बारे नै हो । यो एक दिनेको निकै उत्कृष्ट अफरसहितको क्याम्पेन हो । यो ग्राहकका लागि ठूलै अवसर हो । सस्तोमा समान किन्न चाहानेका लागि नसोचेकै मूल्यमा समानहरु आउँछन् । यो निकै उत्साहपूर्ण हुनेछ ।

एक पटक सबैले हेरिदिनुस्, ट्राइ गरिरिदनुस् । ई-कमर्सलाई पनि प्रयोग गरेर हेनुर्स् । धेरै जनाले यसबारे थाहा पाइसक्नुभयो, त्यसदिनमा हाम्रो वेबसाइटमा आइदिनुस् । चित्त बुझ्ने सममान छन् भने किनिदिनुस् । हाम्रो एप पनि छ । त्यहाँबाट अडर गर्दा सजिलो पनि हुन्छ ।



from Online Khabar https://ift.tt/2QhA4Pk

No comments:

Post a Comment

Post Bottom Ad

Pages