छोरी बलात्कार गर्ने बाबुले जेलभित्रै काटे गुप्ताङ्ग - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

छोरी बलात्कार गर्ने बाबुले जेलभित्रै काटे गुप्ताङ्ग

बलात्कारीलाई आक्रोसित समुदाय तथा स्वयं पीडित महिलाले नै लिंग काटेर सजाय दिएका घटना नयाँ होइन । तर, भारतमा एक बलात्कारका अभियुक्तले आफ्नै लिंग छिनालेका छन् ।

आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग छिनालेका हुन् ।

कैदीलाई दाह्री खौरिनका लागि मंगलबार जेल प्रशासनले दिएको ब्लेडले उनले लिंग काटेका थिए । उनलाई अस्पतालमा भर्ना गरी उपचार गराइँदैछ । उनको छिनेको लिंग जोड्न डाक्टरहरु सफल भएका छन् ।

गत अगष्टमा आफ्नै छोरी बलात्कार गरेको अभियोग लागेपछि उनी जेलमा छन् । यद्यपि, उनले आफूमाथि लागेको आरोप स्वीकारेका छैनन् ।

उनलाई अदालतले जमानतमा छाड्ने आदेश दिएको थियो । तर, जमानतको शर्त पूरा गर्न नसक्दा उनी जेलमुक्त हुन सकेका छैनन् ।

एजेन्सी



from विचित्र संसार – Online Khabar https://ift.tt/2R3cGp0

No comments:

Post a Comment

Post Bottom Ad

Pages