कुटपिटमा संलग्न चिनियाँ नागरिक धरौटीमा रिहा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

कुटपिटमा संलग्न चिनियाँ नागरिक धरौटीमा रिहा

संखुवासभा । रुद्राक्ष खरिद बिक्रीको विषयलाई लिएर कुटपिटमा संलग्न रहेको आरोप लागेका चार जना चिनियाँ नागरिक धरौटीमा रिहा भएका छन् ।

आफ्नै साथीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चार चिनियाँ रुद्राक्ष व्यापारी १६ लाख ८० हजार रुपैयाँ धरौटी बुझाई रिहा भएका हुन् ।

रिहा हुनेमा ३५ वर्षीय लिनान, ४० वर्षीय लिउछिन, ३८ वर्षीय हाउ साउहुइ र ४५ वर्षीय लीन रहेका छन् । उनीहरुलाई जनही ४ लाख २० हजार धरौटीमा रिहा गरिएको जिल्ला अदालत चैनपुरले जनाएको छ ।

गत ४ कात्तिकका दिन सदरमुकाम खाँदबारीमा रुद्राक्ष खरिद बिक्री गर्ने विषयमा विवाद भएपछि दुई समूहबीच कुटाकुट भएको थियो । कुटपिटबाट छिन जेन्वीङको टाउकोमा इट्टा प्रहार भएको थियो ।

उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि जिल्ला अस्पतालमा खाँदबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागी घाइते जेन्वीङलाई हेलिकप्टरबाट काठमाडौ लगिएको थियो ।

घाइते छिन जेन्वीङको उपचार काठमाडौमा भइरहेकाले पक्राउ परेका चारै जनालाई तारिकमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । प्रहरी निरीक्षक कटुवालका अनुसार घाइते छिन जेन्वीङको उपचारमा लागेको रकम उनीहरुको बुझाउने शर्तमा रिहा गरिएको हो ।

एक समूहले खरिद गरेको रुद्राक्ष ल्याउँदै गर्दा अर्को समूहले थप रकम दिएर खोसाखोस गरेपछि विवाद उत्पन्न भएको थियो । रिहा हुने चारै जना चिनियाँ रुद्राक्ष व्यापारी सदरमुकाम खाँदबारीमा घर भाडामा लिएर गत वर्षदेखि नै बसोबास गरिरहेका छन् ।

रुद्राक्षबाट छोटो समयमा राम्रो आम्दानी हुने भएकाले चिनियाँ व्यापारीहरु संखुवासभाबाट खरिद गरेको रुद्राक्ष चीन लगेर बिक्री गरेर पुन संखुवासभा आउने गरेका जिल्ला प्रहरी कार्यालयको रजिष्टरमा उल्लेख भएको छ ।

अहिले ५० भन्दा बढी चिनियाँ रुद्राक्ष व्यापारीहरु संखुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटारका होटलहरुमा बसोबास गरिरहेका जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

विगत केही वर्षयता रुद्राक्ष खरिद बिक्री गर्ने चिनियाँ व्यापारीहरुको ठूलो संख्यामा संखुवासभा आउने गरेका छन् । एउटै रुद्राक्षको दाना लाखौं मूल्यमा खरिद बिक्री हुने भएकाले चिनियाँ व्यापारीहरु नेपाल आउने गरेका छन् ।

रुद्राक्षको राजधानी भनेर चिनिएको भोजपुर र संखुवासभा जिल्लाका विभिन्न क्षेत्रमा रुद्राक्ष उत्पादनको दृष्टिकोणले निकै राम्रो मानिएको छ । २१ मुखे एउटै रुद्राक्षकोे दाना ५ लाख देखि ५० लाखभन्दा बढीसम्ममा खरिद बिक्री हुने गरेको छ ।

४ र ५ मुखेभन्दा माथिका मुख भएका रुद्राक्षका दानाहरु प्रतिगोटाका दरले आकारअनुसार महँगो मूल्यमा बिक्री हुने गरेको छ । व्यापारिक भिसा लिएर नेपाल आएका चिनियाँ नागरिकहरु रुद्राक्षको कारोबारमा संलग्न छन् ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2Ac4R9j

No comments:

Post a Comment

Post Bottom Ad

Pages