पूर्वउपसभामुख सुवेदीले अन्माइन् बुहारी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

पूर्वउपसभामुख सुवेदीले अन्माइन् बुहारी

 

नेपालगन्ज । संघीय संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले आफ्नी जेठी बुहारी मालती शर्माको विवाह उनले नै रोजेका वरका साथ गरिदिएकी छन् । सो विवाहमा पूर्णाका श्रीमान् तथा नेकपाका नेता प्रकाश सुवेदी चन्द्रकान्ताले समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माउन पूर्णालाई साथ दिए ।

२०७२ सालको भूकम्पमा परि जेठा अच्यूत सुवेदीको मृत्यु भएपछि एकल भएकी बुहारी मालती शर्माको शनिबार आफ्नै घरबाट नेपालगन्जका युवा व्यावसायी सुधीर गौतमसँग विवाह गरिदिएका हुन् । ‘मालतीको इच्छा र उनले नै खोजेको नयाँ जीवन साथीसँग घरबाटै टिकाटालो गरी मलाई नयाँ जीवनको सुरुवात गर्न आशीबाद दिनुहोस् भनेपछि हामी उनको खुसीमा सहभागि भएका हौं,’ उनले भनिन्, ‘विवाह गर्छु भनिन्, हाम्रो संस्कार, संस्कृति, दर्शन, राजनीति र माक्र्सवादी शिक्षाअनुसार पनि रोक्ने कुरा थिएन । उनी कसरी खुसी हुन्छिन्, त्यसरी नै खुसी बनाउने सल्लाह भएअनुसार घरबाटै बुहारीभन्दा पनि छोरी नै बनाएर अन्माएका हांै ।’

उनले छोराको अवसानपछि दुई नाति र बुहारी मालतीको भविष्यप्रति आफूहरू चिन्तित रहेकै बेला आफंैले छानेको वरका साथ उनलाई खुसी देख्न विवाह गरिदिएको बताइन् । ‘विवाहका लागि उनले नै प्रस्ताव ल्याइन्, मेरो खुसीका लागि तपाईंहरुले यही घरबाटै विवाह गरिदिनुपर्छ भनेपछि हामी तयार भयौं,’ उनले भनिन् ।

समाजले एकल महिला त्यसमा पनि बुहारीलाई छोरी बनाई घरबाटै अन्माई पठाउनु सुवेदी दाम्पतीका लागि केही असहज भए पनि समाजलाई सच्चिकै परिवर्तन गर्न उदाहरण भएको नेकपा नेतृ तथा प्रदेश ५ सभा सदस्य कृष्णा केसी नमुनाले बताइन् ।

 



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2OP1Sc8

No comments:

Post a Comment

Post Bottom Ad

Pages