गुल्मी। बाबुआमा नभएपछि बिचल्लीमा परेका चार बालबालिकाको उद्धार गरिएको छ । गत १५ कात्तिकमा जिल्लाको मदाने गाउँपालिका–६ पनाहा निवासी दुर्गा नेपालीले पत्नी सीता नेपाली हत्या गरेपछि उनीहरूका ४ सन्तान अभिभावकविहीन भएका थिए । हत्याको अभियोगमा दुर्गा जेलजीवन बिताइरहेका छन् ।
आमाको हत्या र बाबुको कारागार बसाइ भएपछि उनीहरूका ११ वर्षीय विपीन, पाँच वर्षीय विकास र दुई वर्षीय बिक्की तथा छोरी आठ वर्षीया विपना अलपत्र परेका थिए । घटनापछि मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी र गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सक्रियतामा उनीहरूको सामान्य हेरचाह हुँदै आएको थियो ।
ती बालवालिकालाई एसओएस बालग्राम सानोठिमी भक्तपुरमा संरक्षण तथा लालनपानसँगै पठनपाठन गर्ने गरी हस्तातरण गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
उनले बिचल्लीमा परेका बालवालिकाको सम्पूर्ण कागजपत्र तयार गरेर उनीहरूको भविष्य निर्माणका लागि एसओएसको जिम्मा लगाइएको जानकारी दिए । ती चार बालबालिकामध्ये तीन जना स्थानीय धारचौर प्राविमा पढ्दै आएका थिए भने सानै भएकाले एक जना आमाकै हेरचाहामा थिए ।
तत्कालका लागि ती बालबालिका इलाका प्रहरी कार्यालयको संरक्षणमा गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2zhyWor
No comments:
Post a Comment