पूर्वीय दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

पूर्वीय दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार

 

बुटवल । बुद्धको जन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शनिबार सो सेमिनार सुरु भएको हो ।

सेमिनारमा नेपाल, चीन र भारतका बौद्ध विद्धान्हरूको सहभागिता छ । विज्ञान सभ्यताअघिको प्राचीन सभ्यताको पुनरुत्थान, खोज–अनुसन्धान र प्रवद्र्धन गर्ने उद्देश्यले यो सेमिनार आयोजना गरिएको बताइएको छ ।

दुई दिन चल्ने सेमिनारमा तीन देशका विज्ञहरूले २४ वटा कार्यपत्र प्रस्तुत गर्दै छन् । पूर्वीय दर्शनको प्रभाव विश्वव्यापीकरण भइरहेका बेला यसको अध्ययन पूर्वी क्षेत्रबाट नै हुनुपर्ने लक्ष्यसहित आयोजना भएको सेमिनारले आगामी दिनमा खोज–अनुसन्धानका लागि कार्यदिशा तय गर्ने बताइएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित सेमिनारको उद्घाटन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिस्ट्रार तिलक आचार्यले पूर्वीय सभ्यताले विश्वलाई मार्गदर्शन गरेको बताउँदै यसको थप खोजअनुसन्धानका लागि विश्वविद्यालयले काम थालेको बताए । चीन, भारत, श्रीलंकालगायत देशका विश्वविद्यालयसँग सहकार्य गरी बौद्ध दर्शन र यसको विकासको काम सुरु भएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै बेइजिङ नर्मल युनिर्भसिटीका प्रोफेसर लिउ स्याओ थिङले पूर्वीय दर्शनलाई बहुआयामिक रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए । २६ सय वर्षअघि बुद्धले दिएका उपदेश झन्झन् व्यावहारिक र प्रयोगसिद्ध भएको भन्दै यसले नै पूर्वीय दर्शनमा रहेको शक्तिलाई दर्साउने धारणा राखे ।

चीनले वान रोड वान बेल्टसँगै जोडिने देशसँग भाषिक र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने सुरु गरिसकेको भन्दै नेपालमा पनि चिनियाँ भाषा र संस्कृतिको अध्ययन बढाउँदै लैजाने उनले बताए । त्यसका लागि यहाँका विश्वविद्यालयसंग अनुभव साटासाट निरन्तर गरिने उनले बताए ।

वरिष्ठ पुरातŒवविद् वसन्त बिडारीले चिनियाँ यात्रुकै यात्रा विवरणअनुसार लुम्बिनी र बौद्ध स्मारकहरुको पहिचान हुन सकेको भन्दै चीन लुम्बिनीको विकासमा पाचौं शताब्दीदेखि नै साझेदार रहेको बताए ।

 

 



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2OP1Pgs

No comments:

Post a Comment

Post Bottom Ad

Pages