बैंकको बेसरेट घट्यो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 5, 2018

बैंकको बेसरेट घट्यो

काठमाडौं। पछिल्लो समय अधिकांश बैंकहरूले आधारदर (बेसरेट) घटेको छ । बैंकर्स संघले केही समय पहिले निक्षेपको ब्याजदरमा सीमालगायसँगै बैंकले आधार दर पनि घटाएका छन् ।

बैंकहरूले निक्षेपमा उच्च ब्याजदर नदिने भएकाले बैंकहरूको बेसरेट घटेको हो । बेसरेट घटाएको उल्लेख गर्दै बैंकले धमाधम नयाँ ब्याजदर सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा १० वाणिज्य बैंकको बेसरेट तथा स्प्रेडमा देखिएको परिवर्तन देखिएको छ । प्रभु बैंकले असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दा नाफा तथा व्यवसायमा अत्याधिक सुधार गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सानिमा, प्रभु, सिटिजन्स, कुमारी, सानिमा तथा प्राइमलगायतका बैंकहरूले आधारदर घटाएका छन् भने नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट बैंक तथा नबिललगायतका बैंकले आधारदर वृद्धि गरेका छन् ।

बैंैकहरूको वित्तीय विवरणअनुसार सानिमा बैंकको बेसरेट १० दशमलव ६६ प्रतिशतबाट घटेर १० दशमलव ५५ प्रतिशत पुगेको छ । त्यस्तैै, सबैभन्दा बढी नाफा कमाउने नबिल बैंकको बेसरेट ८ दशमलव शून्य ६ प्रतिशत रहेको छ । यसअघि नबिलको बेसरेट ७ दशमलव ७६ प्रतिशत थियो ।

जनता बैंकको पनि बेसरेट ११ दशमलव ६० बाट घटेर ११ दशमलव २२ प्रतिशत पुगेको छ । सनराइजको ११ दशमलव शून्य ९ बाट १० दशमलव ९७ प्रतिशतमा बेसरेट घटेको छ । मेगा बैंकको बेसरेट भने १० दशमलव ५५ प्रतिशतमै स्थिर छ । माछापुच्छ«े बैंकको बेसरेट ११ दशमलव २१ प्रतिशत रहेको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको ९ दशमलव शून्य ३ प्रतिशत बेसरेट छ । यसअघि बैंकको ९ दशमलव शून्य २ प्रतिशत रहेको थियो । नेपाल एसबीआईको १० दशमलव १२ बाट १० दशलव ४३ प्रतिशत बेसरेट पुगेको छ । त्यस्तै, एभरेस्टको ८ दशमलव ४५ बाट ८ दशमलव ८० प्रतिशत बेसरेट पुगेको छ ।

असार मसान्तमा १० दशमलव ६२ प्रतिशत बेसरेट रहेको प्रभुको असोज मसान्तमा आइपुग्दा बेसरेट ९ दशमलव ४९ प्रतिशतमा घटेको छ । यसले बैंकबाट ऋण लिन चाहनेले थप सस्तो ब्याजदरमा ऋण पाउने कुरा प्रभु बैंकका कार्यकारी अधिकृत तथा बैंकर्स संघका सदस्य अशोक शेरचनले बताए ।

त्यस्तै, सिभिलको बेसरेट ११ दशमलव ८४ प्रतिशतबाट ११ दशमलव शून्य ६ प्रतिशतमा झरेको छ । बैंकहरूले बेसरेट घटाउँदा ऋणीहरूले ब्याजदर बढी तिर्नुपर्छ भने घटाउँदा कम तिर्नुपर्छ । बैंकहरूले बढी ब्याजमा उठाएको निक्षेप कम ब्याजदरमा लगानी गर्दैनन् ।

 



from Rajdhani Daily https://ift.tt/2F33ek1

No comments:

Post a Comment

Post Bottom Ad

Pages