काठमाडौं । मृतकको सम्झनामा गरुड पुराण लगाउने गरिन्छ । चलचित्र निर्देशक सुवास कोइलाराले आगामी ४ माघबाट नेपालका सिनेमा हलमा गरुड पुराण लगाउने भएका छन् ।
गरुड पुराण उनको नयाँ चलचित्रको नाम हो । सांस्कृतिक मान्यताअनुसार मृतकको नाममा गरुण पुराण लगाउने भए पनि यो चलचित्रमा बाँचेकाहरूकै नाममा गरुड पुराण लगाउने कथा समेटिएको पनि निर्देशक कोइरालाले बताए ।
यस चलचित्रमा नाजिर हुसेन, कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, अभिनेत्री प्रियंकासिंह ठकुरीसहित लुमिना तुलाधर, बसन्त भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ पनि मुख्य
भूमिकामा छन् । यस चलचित्रको फस्ट लुक्सका रूपमा आइतबार पोस्टर रिलिज गरिएको छ । गरुड पुराणलाई मोफसल वितरक एफडी कम्पनी र काठमाडौं वितरक कम्पनी स्टेसन फाइबले ४ माघलाई प्रदर्शन मिति तय गरेको हो ।
आइतबार रिलिज गरिएको पोस्टरमा अभिनेता नाजिर हुसेनलाई ब्यान्ड मास्टरका रूपमा प्रस्तुत गरिएको छ । बाँकी कलाकार कर्मा, प्रविण, कामेश्वर, प्रियंका पनि पोस्टरमा समेटिएका छन् । रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको यस चलचित्रमा कोसिस क्षेत्रीको संगीत, कोसिस र मनीषा पोखरेलको गायन, सुसन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।
आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यस चलचित्रको कथा कसम नेपालको हो । अजित प्रजापति र अशोक गौतम यसका निर्माता हुन् । यस चलचित्रमा पारिवारिक प्रेमकथामा आधारित हास्यप्रधान चलचित्र रहेको पनि निर्देशक कोइरालाले बताए ।
from Rajdhani Daily https://ift.tt/2Q3gMk1
No comments:
Post a Comment