प्रथम नायिका चलचित्र निर्माणमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

प्रथम नायिका चलचित्र निर्माणमा

काठमाडौं। २०२२ सालमा पहिलो नेपाली चलचित्रमा अनुबन्धित हुँदा अभिनेत्री भुवन चन्द थापालाई चलचित्रका बारेमा त्यति धेरै जानकारी थिएन । नेपालमा पहिलोपटक चलचित्र बन्ने भयो । त्यतिबेला उनी भैरवबहादुर थापाको भैरव दलमा कुशल नृत्य कलाकार थिइन् । केही नाटकमा पनि काम गरिसकेकी थिइन् ।

आमाका लागि नायिकाका रूपमा अडिसन दिइन् । मुख्य नायिकामा चयन भइन् । नेपालमै पहिलोपटक सेल्युलोइटक क्यामेराका अघि उभिएर नायिका भएर अभिनय गरिन् । चलचित्र आमा रिलिज भयो । आमाबाट नेपालको प्रथम नायिकाका रूपमा इतिहासमा भुवन चन्दको नाम लेखियो ।

यसरी पहिलो चलचित्र खेलेको ५३ वर्षपछि यतिबेला यी अभिनेत्री ७ दशकको संघारमा छिन् । उनी यतिबेला निर्माताका रूपमा चलचित्र क्षेत्रमा आउँदै छिन् । भुवनको भनाइमा उनले आमापछि दर्जनांै चलचित्रमा अभिनेत्री र चरित्र अभिनेत्री भएर अभिनय गरिन्  ।  थुप्रै चलचित्रबाट उत्कृष्ट अभिनयको अवार्ड पनि जितिन् । आफूले चाहेको जस्तो चलचित्र बनाउने उनको चाहना थियो । त्यो चाहना यी अभिनेत्रीले बल्ल पूरा गर्दै छिन् ।

यी अभिनेत्रीले चलचित्र ‘साइनो’ निर्माण थालेकी छन् । यो चलचित्रमा उनी अभिनेत्री नभएर निर्माताका रूपमा आउँदै छिन् । भुवनको भनाइमा उनी जोडिएको क्षेत्र भनेकै चलचित्र हो । चलचित्रको कामबाहेक आफूले अरू काम नजानेकै कारण पनि उनी यतिबेला निर्माताका रूपमा चलचित्रमा आएकी हुन् ।

उनका पति माइकल चन्द रेडियो नेपालका चर्चित समाचार वाचक हुन् । चलचित्र निर्मातामा उनलाई श्रीमान्को पनि त्यत्तिकै साथ छ । भुवनको भनाइमा उनी यसअघि सांस्कृतिक संस्थानको जागिरसहित पारिवारिक र चलचित्रको कामले फुर्सदमा थिइनन् । अवकाशपछि उनी र श्रीमान् दुवै फुर्सदमा छन् । फुर्सदका कारण पनि आफू चलचित्र निर्माणमा आएको भुवन चन्दले बताएकी छन् ।

भुवन चन्दसँग चलचित्र आमामा बसुन्धरा भुसाल र चैत्यदेवी सिंहले पनि मुख्य भूमिका निर्वाह गरेका थिए । पहिलो चलचित्रमा बाँधिएको त्यो मित्रतालाई निरन्तता दिँदै आफैंले निर्माण गर्न लागेको चलचित्र साइनोमा समेत भुवनले चैत्यदेवी र बसुन्धरालाई महŒवपूर्ण भूमिकामा समेटेकी छन् ।

३ मंसिरबाट काभ्रेदेखि छायांकन सुरु हुने चलचित्र साइनोको काठमाडौंमा आइतबार अपराह्न भुवनले निर्माण घोषणा पनि गरिन् ।

पहिलो चलचित्रकी अभिनेत्रीले त्यही समयअनुसारकै चलचित्र बनाउने कि फरक हुन्छ भन्ने जिज्ञासामा भुवनले भनिन्, ‘गुन्यु चोली र फरिया लगाउने मेरो समय थियो र अहिले त्यस्तो सिनेमा चल्दैन त्यसैले अहिलेको कथा, परिवेश र वेशभूषाअनुसारको पूर्ण व्यावसायिक र अहिलेका पुस्ताले रुचाउने चलचित्र निर्माण गर्दै छु । पहिलो चलचित्र आमाको नायिका भए पनि समयअनुसार आफू फेरिँदै यहाँसम्म आएकाले अहिलेको समयलाई प्रतिनिधित्व गर्ने चलचित्र नै बनाउने पनि यी अभिनेत्रीले बताइन् ।

भुवनको साइनोलाई कलाकार रमेश थापाले निर्देशन गर्दै छन् । करिब दुई वर्षको तयारीपछि आफू निर्माणमा उत्रिन लागेको पनि प्रथम अभिनेत्री भुवनले बताइन् । जसमा उनले कलाकारका रूपमा भरतबाट आएका नव अभिनेता राजकुमारसँगै निता ढुंगाना, मिरुना मगर, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रामेश्वर बुर्लाकोटी, विशाल पहाडी, रोयदीप श्रेष्ठलगायतलाई राखेकी छन् ।

भुवनको भनाइमा यो चलचित्र पूर्ण व्यावसायिक हुनेछ । चलचित्रले दर्शकलाई मनोरञ्जन दिनेछ । छायांकन सकेपछि उनले चलचित्रको प्रदर्शन तिथि घोषणा गर्नेछिन् । यसरी प्रथम नायिकाका रूपमा परिचित भुवनले अब आफूलाई चलचित्र निर्माताका रूपमा पनि परिचित गर्ने भएकी छन् ।

 

 

 



from Rajdhani Daily https://ift.tt/2DwRmof

No comments:

Post a Comment

Post Bottom Ad

Pages