वनस्पति समाजको अधिवेशन मंसिरमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 7, 2018

वनस्पति समाजको अधिवेशन मंसिरमा

२१ कात्तिक, काठमाडौं । वनस्पतिसम्बन्धी ज्ञान, विज्ञान र प्रविधिबारे अध्ययन, अनुसन्धान र शैक्षिक कार्यमा सघाउ पुर्‍याउन गठित वनस्पति समाज नेपालको पहिलो अधिवेशन १३ मंसिरमा हुने भएको छ ।

अधिवेशन कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय परिसरमा गरिने समाजका अध्यक्ष प्रा.डा. मोहन सिवाकोटीले जानकारी दिए ।

अधिवेशनमा साधारण र आजीवन सदस्यले भाग लिन पाउने आयोजकले जनाएको छ । समाजको सदस्यता लिन वनस्पतिशास्त्र विषयमा स्नाकोत्तर गरेका वा त्यही विषयमा स्नातक गरेर सरकारी मान्यता प्राप्त संस्थामा तीन वर्ष काम गरेका व्यक्ति हुनुपर्नेछ ।

वनस्पतिविदहरूको अनुभव, क्षमता र सिर्जनाशीलतालाई सुव्यवस्थित र संगठित बनाउन समाज गठन भएको उपाध्यक्ष सञ्जीवकुमार राईले अनलाइनखबरलाई जानकारी दिए ।



from Online Khabar https://ift.tt/2QpSQnM

No comments:

Post a Comment

Post Bottom Ad

Pages