भन्सारमा सांसदको चासो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

भन्सारमा सांसदको चासो

 

संखुवासभा । सीमा भन्सार कार्यालय किमाथांकामा स्थापना गर्ने सांसदहरूले चासो देखाएका छन् । विभिन्न कारण देखाउँदै सदरमुकाममा बस्दै आएको भन्सार कार्यालय किमाथांका नै स्थापना गर्ने विषयमा अध्ययन गर्ने सांसदहरूको टोली किमाथांका प्रस्थान गरेको छ । अध्ययन तथा स्थलगत अनुगमन गर्न प्रतिनिधिसभाका सदस्य गौतमसहित जिल्लाका उच्च अधिकारीहरूको एक टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

नौ दिन लामो उक्त स्थलगत भ्रमण तथा अध्ययन अनुगमन टोलीले जोगबनी–किमाथांका सडक विस्तारको अवस्था, सीमा भन्सार र अध्यागमन, सीमा प्रशासन र सशस्त्र प्रहरी बलको कार्यालय स्थापनालगायतका बारेमा स्थलगत अनुगमन गर्नेछ । भ्रमणका क्रममा छिमेकी मित्रराष्ट्र चीनको स्थानीय प्रशासनसँग शिष्टाचार भेटवार्ता हुनुका साथै द्विपक्षीय हितका विषयमा आपसी छलफल हुने गौतमको सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा अरुण नदीमा तटबन्ध, सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन, अपर अरुण र किमाथांका अरुण जलविद्युत् आयोजनाको सम्भावित आयोजनास्थलको जानकारीसमेत लिइने उल्लेख गरिएकोे छ ।

जोगबनी–किमाथांका सडक पूरा हुन अब २३ किलोमिटर मात्रै बाँकी छ । जोगबनी–किमाथांका जम्मा ३९० किलोमिटरमध्ये ३६७ किलोमिटर ट्र्याक खोलिसकिएको छ । खाँदबारी–किमाथांका सडकको लम्बाइ १६२ किलोमिटर छ ।

सदरमुकाम खाँदबारीबाट भोटखोलाको दुर्गम मानिएको हटियागाउँ जोडिएको छ । त्यहाँसम्म १३९ किलोमिटर कच्ची सडक निर्माण भएको छ । उत्तर–दक्षिण कोसी सडक आयोजनाले हिउँदमा सदरमुकाम खाँदबारीबाट हटियासम्म यातायातका साधन चलाउने गरेको छ ।

भ्रमण टोलीमा जिल्लाका ६ सांसद र प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगर, सशस्त्र प्रहरी बलका डीएसपी कवीन्द्र राई, उत्तर–दक्षिण कोसी आयोजनाका प्रमुख पशुपति ज्ञवाली र सीमा प्रशासन प्रमुखलगायतका उच्च अधिकारीको टोली रहेको छ ।

 



from Rajdhani Daily https://ift.tt/2FASBW2

No comments:

Post a Comment

Post Bottom Ad

Pages