६ लाखको चाँदीसहित भारतीय पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 22, 2018

६ लाखको चाँदीसहित भारतीय पक्राउ

पर्सा, ६ मङ्सिर । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको रु छ लाखभन्दा बढी मूल्यको चाँदीसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट रु ६ लाख ३० हजार मूल्य पर्ने १० किलोग्राम चाँदीसहित भारत बिहार पश्चिम चम्पारण चनपटिया निवासी गुलसन साह कानुलाई नियन्त्रणमा लिएको हो ।

वीआ२२एडी ३५२० नंको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका कानुलाई सिर्सिया नाकामा रोकी जाँच गर्दा दुई पोका चाँदी बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपरीक्षक ढकालले चाँदीसहित पक्राउ परेका कानु तथा बरामद भएका वस्तुसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको सञ्चारकर्मीलाई बताउनुभयो ।

छ जुवाडे पक्राउ 

पर्साको सखुवाप्रसौनि गाउँपालिकाबाट प्रहरीले गए राति छ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । गाउँपालिकाको वडा नं ५ बुलवाटोल निवासी जलन्धर यादवको घरबाट कैडा खेलिरहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यादवको घरमा जुवा खेलिरहेको पूर्वसूचनाका आधारमा कारवाही गर्दा छ जनालाई रु २८ हजार नगदसहित पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

उहाँले पक्राउ पर्नेमा पर्साको बहुदरामाई नगरपालिका–५ निवासी दीपनारायण महतो, सखुवाप्रसौनि–६ निवासी मुखतार मियाँ, जोखु राउत वडा नं ५ निवासी रामगुलाम यादव, जयराम राउत र दिनेश राम रहेकोे बताउनुभयो । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



from Rajdhani Daily https://ift.tt/2r0SVDm

No comments:

Post a Comment

Post Bottom Ad

Pages