रित्तिएका गाउँबस्ती
डा.देवीप्रसाद आचार्य
अहिले नेपालका गाउँबस्तीबाट तराईतिर बसाइँसराइ गर्ने काम तीव्र रूपले चलेको छ । पचास र साठीको दशकमा भएको राजनीतिक अस्थिरताले देश अस्तव्यस्त हुन पुग्यो । राजनीतिक अस्थिरताका कारण हजारौंको संख्यामा उद्योग बन्द भए । हाम्रो शिक्षा प्रणाली व्याहारिक,
जीवनोपयोगी, र स्वराजगारमैत्री बन्न सकेन । राज्यले शिक्षित जनशक्तिलाई व्यवस्थापन गर्न सकेन । फलतः पढेलेखेका युवाहरू रोजगारीका लागि विदेश पलायन हुन बाध्य भए । विदेशमा कमाएको पैसा गाउँमा नै उत्पादनशील क्षेत्रमा उपयोग हुन सकेन । त्यसैले विदेशबाट आएको पैसाले मानिसहरू पहाडी क्षेत्रबाट तराईतिर बसाइँसराइ गर्ने काम भयो । पहाडी क्षेत्रका कतिपय गाउँवस्तीहरू रित्तिए । र यो क्रम अझै पनि जारी छ ।
समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा पनि मानिसलाई सुविधाले आकर्षण गर्नु स्वभाविक हो । हाम्रो जस्तो सहर केन्द्रित विकास र सुविधा भएको देशमा गाउँमा आर्थिक आयआर्जनका अवसरहरू हुन नसक्दा पढेलेखेका पुस्ता अवसरको खोजीमा सहर, बजार हँुदै विदेश पलायन हुन बाध्य भएको हो । राज्यले गाउँघरमा नै कृषिको आधुनिकीकरण, कृषिमा आधारित उद्योगहरूको स्थापना, गुणस्तरीय शिक्षाको सुविधा र स्वास्थ्य सेवालगायतका आधारभूत आवश्यकताको व्यवस्था गरी दिएको भए आज गाउँहरू रित्तिने थिएनन् । राज्यले युवा जनशक्तिलाई आप्mनै गाउँठाउँमा रोजगारीका अवसर दिनुपर्नेमा विभिन्न देशहरूसँग कामदार पठाउने सम्झौता गरी निर्यात गर्ने नीति लियो । फलतः आज गाउँबस्तीहरू खाली हुँदै गए । खेतबारी बाँझिदै गए ।
यसपटक काठमाडांैको यान्त्रिक जीवन, अध्ययन, अनुसन्धान, लेखन र जागिरे जीवनबाट मुक्तभएर आपूm जन्मिएको स्वच्छ, भराभरा, रमणीय र आफन्तजनहरूको बसोवास भएको जन्मभूमि लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला अहिलेको राजनीतिक पुनर्सरचनाअन्तर्गत सितगंगा नगरपालिका–१० हर्रे गाउँमा जाने अवसर मिल्यो । यो यात्राको उद्देश्य तिहारको भाइटीका लगाउने र गाउँको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिकलगायतका विषयमा अध्ययन, अनुसन्धान गरी अनुभव बटुल्नु थियो । कपिलवस्तु जिल्लाको गोरुसिंहेबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जाने बाटोको चाक्ला भन्ने ठाउँबाट पश्चिमतर्फको ११ किलो मिटर कच्ची मोटरबाटोमा भाई महेसश पोख्रेलसँग पैदल यात्रा गर्ने निधो गरें । करिब तीन घण्टाको पैदल यात्रामा उजाड भएका गाउँबस्ती, भत्किएका गोठहरू र बाँझिएका खेतबारीहरूको दृश्यावलोकन गर्दै अगाडि बढ्ने व्रmममा एक जना उमेरले तीनबीस बिताएका स्थानीय किसानसँग चौतारीमा भेट भयो । उनले गाउँको वस्तुस्थितिको बारेमा जानकारी दिनुका साथै अहिले धेरै जसो मानिसहरू तराईतिर बसाइँसराइ गरेकाले गाउँघर मानवरहित भएको गुनासो गरे ।
अहिले त्यहा“ बाँझो खेतका फा“ट र बारीका पाटाहरूबाहेक खेती गरेका जमिनहरू देखिएनन्। अग्रज पुस्ताले खेती गर्ने ती उर्वर जमिन छोरा पुस्तामा आउ“दा बा“झिएछन्। गोठहरू भत्किएछन्। गाउ“बाट प्रायः जसो किसानहरू तराईतिर बसाइ“सराइ गरिसकेका रहेछन्। एकाध घरहरूमा भेटिएका अग्रज पुस्ताले नातिनातिनाको पालनपोषण गरेर बसेको भेटियो। र तीमध्ये पनि कोही सक्दो छिटो तराईतिर नै बसाइ“ सर्ने मनस्थितिमा रहेको भेटिए
जनआन्दोलन २०६२÷६३ अगाडिसम्म त्यो क्षेत्र कृषि जीवनको अन्त्यन्त उत्कृष्ट ठाउँँ थियो । पूर्वपश्चिम फैलिएका सुन्दर वस्ती, गाउँको दक्षिणी भेकमा रहेका कृषक परिवारका ठूलाठूला मनै लोभ्याउने खेतका फाँटहरूमा लटरम्म फल्ने धान, गहुँलगायतका अन्न उत्पादन गरेर किसानहरूले जीवन बिताएका थिए । गाउँहरू अन्न उत्पादनमा आत्मनिर्भर थिए । त्यहाँको उत्पादनले टाढाटाढाका गाउँमा समेत खाद्यान्न आपूर्र्ति हुन्थ्यो । तर, अहिले त्यहाँ बाँझिएका खेतका फाँट र बारीका पाटाबाहेक खेती गरेका जमिन देखिएनन् । अग्रज पुस्ताले खेती गर्ने ती उर्वर जमिन छोरा पुस्तामा आउँदा बाँझिएछन् । गोठहरू भत्किएछन् । गाउँबाट प्रायःजसो किसान तराईतिर बसाइँसराइ गरिसकेका रहेछन् । एकाध घरमा भेटिएका अग्रज पुस्ताले नातिनातिनाको पालनपोषण गरेर बसेको भेटियो र तीमध्ये पनि कोही सक्दो छिटो तराईतिर नै बसाइ सर्ने मनस्थितिमा रहेको भेटिए । गाउँघरका प्रायः घरधुरीबाट छोराछोरी, बुहारी वैदेशिक रोजगारीका लागि मलेसिया, इजरायल, कोरिया, भारतलगायतका देशमा गएका रहेछन् । विदेशबाट आएको पैसाले त्यहाँको बस्ती तराईतिर झरेको रहेछ । यसरी पहाडि क्षेत्रमा बसाइँसराइले रित्तिएका गाउँहरूमा पुगेको सिंहदरबारले हाम्रो देशको संघीयता, गणतन्त्र, समानुपातिक विकासको अवधारणा कसरी अगाडि बढाउला ?
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीको भावनाले मन एकातिर रमाएको थियो भने अर्कोतिर प्रत्यक्ष रूपमा अवलोकन गरिएका गाउँबस्तीहरूको रित्तिँदो अवस्थाले विरक्त लाग्यो । बाह्र छोरा तेह्र नाति बूढाको धोव्रmो काँधैमाथि भनेझैं गाउँमा चामलको बियाँजस्तो अवस्थामा भेटिएका छोराछोरी विदेशिएका अग्रज नागरिकका कारुणिक कथाले मन झनै भारी भयो । अहिले गाउँमा दुई तीनवटा किराना पसल खोलिएका रहेछन् । बसाइँसराइको प्रतीक्षामा रहेका गाउँलेहरूले विदेशबाट पठाएको पैसाले नुन, तेल चामललगायतका आधारभूत खाद्यसामग्री किनेर गुजारा गर्न सजिलो भएको रहेछ ।
जन्मभूमि बसाइको एकदिन पितापुस्ताको पसिनाले आर्जन गरेका बाँझिएका खेतका फाँटहरू अवलोकन नगरी मनले मानेन । भाइ महेशको साथ दिनभरि बेंसीको यात्रा गरें । घाँस तथा बुट्यानहरूले भरिएका निर्जन खेतका फाँटहरूको यात्राले पुर्खाको पसिनाको अवमूल्यन भएको अनुभूति भयो । केही समयको हिँडाइ पछि बेंसीको वस्तीमा भृकुटी आधारभूत विद्यालय भेटियो । त्यस विद्यालयमा १० जना विद्यार्थी रहेछन् । त्यहाँका हेडसरसँगै पढेका मित्र भएकाले विद्यालयको शैक्षिक अवस्था बुभ्mन कठिन भएन । चार जना शिक्षकको दरबन्दी भएको त्यस विद्यालयमा मानिसहरूको बसाइँसराइको कारण अहिले विद्यार्थी संख्या घट्दै १० जनामा झरेको र अबको शैक्षिक सत्रमा बाँकी अभिभावक पनि तराईतिर बसाइँसराइ गर्ने भएकाले चार जना विद्यार्थी मात्र बाँकी रहने कुरा हेडसरले निधार खुम्च्याएर भने । त्यस क्षेत्रमा पर्ने गाउँहरू खुम्चीकोट, कचुरेनी, बर्रे, हर्रे, सिद्घारा, लौरी, लिसिकुना, छाप, दुम्सी, सामकोटलगायतका गाउँहरू रित्तिँदै गएको र विद्यालयको अवस्था पनि नाजुक हँुदै गएको शिक्षकले बताए ।
गाउँघरका प्राय घरधुरीबाट छोराछोरी, बुहारी वैदेशिक रोजगारीका लागि मलेसिया, इजरायल, कोरिया, भारतलगायतका देशहरूमा गएका रहेछन् । विदेशबाट आएको पैसाले त्यहा“को बस्ती तराईतिर झरेको रहेछ
यात्राकै क्रममा हुलाकका कर्मचारी लेखबहादुर बलालसँग भेट भयो । उनले विगत ३५ वर्षदेखि अतिरिक्त हुलाकका चिठ्ठीपत्र ओसार्ने काम गर्दा रहेछन् । आजभोलि गाउँमा एउटा पनि चिठीपत्र नआउने तर डाँक बुझाउन भने अनिवार्य भएको कुरा गर्दै उनीजस्ता नेपालका अतिरिक्त हुलाकमा काम गर्ने हजारौं कर्मचारीको काम नै नभएको जानकारी दिए । आर्थिक मितव्ययिता र सुशासनको कुरा गरेर नथाक्ने हाम्रो सरकारका वाणीहरू अहिले मेरा कानभरि गुन्जिए । नेपालमा कतिपय यस्ता सरकारी कार्यालय छन् जसमा कर्मचारीको काम नै छैन । हाजिरी गर्ने मानो पकाउनेबाहेक कुनै काम नभएको क्षेत्रमा व्यवस्थापन गर्न राज्यको ध्यान किन नगएको होला ?
गाउँमा पहिलेको तुलनामा केही भौतिक विकास भने भएको रहेछ । गाउँमा बाटो पुगेको छ । पानीको राम्रो व्यवस्था, बिजुली बत्तीको सुविधा, टिनका छाना लगाइएका विद्यालयहरू शौचालयसहितका । तर, मानिसबिनाका गाउँहरू र विद्यार्थीबिनाका शिक्षालय देख्दा भने दिक्क लाग्यो । जताततै डाँडा पाखामा डोजरले पहाडलाई खनेको रहेछ । अहिलेका स्थानीय तहका जनप्रतिनिधि सरकारी मोटर साइकलमा हिँड्दा रहेछन् । बाटो, यातायात, बिजुली बत्ती, खानेपानी, विद्यालय, अस्पतालजस्ता आधाभूत आवश्यकता गाउँगाउँमा उपलब्ध हुनु प्रशंसनीय कुरा हो । परन्तु गाउँमा इन्जिनियरिङबिना खनेका पहाडले निम्त्याएको प्राकृतिक विनास देख्दा भविष्यको पुस्ताप्रति दया लाग्यो । प्रत्येक वर्ष सरकारको पैसा हिउँदे बाटोमा डोजर चलाउँदा खर्च हुँदो रहेछ । वर्षायाममा पहिरो जान्छ । बाटो बिग्रिन्छ । अनि हिउँद लागेपछि फेरि डोजर चल्दा रहेछन् ।
अहिले नेपालका प्रायःजसो गाउँ रित्तिएका छन् । एकीकृत बस्ती विकास र बसाइँसराइलाई रोक्न राज्यको कुनै योजना देखिँदैन । राज्यले विदेशबाट आएको विपे्रषण गाउँमा उत्पादनशील क्षेत्रमा खर्च गरी त्यहाँका मानिसलाई गाउँमा नै रोक्ने व्यवस्थासहितको विकास योजना बनाउनुपर्दछ । विद्यार्थीको संख्या अत्यन्त कम भएका गाउँका विद्यालयलाई मर्ज गर्नुपर्दछ । सञ्चारमाध्यमको विकासका कारण हुलाक सेवाको कार्य प्राय ठप्प भएकाले हुलाक सेवाको आवश्यकताको अध्ययन तथा अनुसन्धान गरी उचित व्यवस्थापन गर्न आवश्यक देखिन्छ । यसका साथै गाउँको विकास योजना बनाउँदा वैज्ञानिक अध्ययन, उपभोग गर्ने जनसंख्या, वातावरणको संरक्षणलगायतका क्षेत्रमा राज्यको ध्यान जाओस् ।
from Rajdhani Daily https://ift.tt/2FDO8ll

No comments:
Post a Comment